एमालेबाहेकको राष्ट्रपतिमा सहमति जुटाउने प्रयास, पुरानै गठबन्धनको साझा उम्मेदवार तय हुने गगनको दाबी (भिडिओ) – Nepal Press

एमालेबाहेकको राष्ट्रपतिमा सहमति जुटाउने प्रयास, पुरानै गठबन्धनको साझा उम्मेदवार तय हुने गगनको दाबी (भिडिओ)

काठमाडौं । पुरानो गठबन्धनको बैठक फेरि पाँच बजे बस्नेगरी सकिएको छ । बालुवाटारमा ३ घण्टाभन्दा बढी बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउँदै एमालेबाहेक राष्ट्रपतिमा सहमति जुटाउने प्रयासबारे विभिन्न कोणबाट छलफल भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकतृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतृत्व छलफलमा जुटेका थिए ।

बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंग्याउने बताए । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको उनले बताए ।

थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ-आफ्नो प्रस्ताव राखेका छन् । उनले आकांक्षीको नामबारे भने केही खुलाएनन् ।  आफ्नाो आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेका हुन् ।

‘सबैले आ-आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले पत्रकारसँग भने ।

उनले भने, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं। पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर