कांग्रेस मुख्यालयमा खुशीयाली, नेताहरू बधाई साट्दै – Nepal Press

कांग्रेस मुख्यालयमा खुशीयाली, नेताहरू बधाई साट्दै

काठमाडौं। नयाँ सत्ता समिकरणका साथै राष्ट्रपति आफ्नो भागमा परेपछि कांग्रेसभित्र हर्षोल्लास छाएको छ । आज केन्द्रीय कार्यालयमा बैठकका लागि जम्मा भएका नेताहरू बधाई साटासाट गरिरहेका छन् ।

हिजो राति बसेको आठ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय लिएको थियो । साथै अहिलेको सत्ता समिकरण फेरेर कांग्रेससहित आठै दललाई सरकारमा ल्याउने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । राष्ट्रपतिसँगै सरकारमा पनि जान पाइने भनेर नेताहरू उत्साहित छन्।

पार्टी कार्यालयमा आइपुगेका सबै नेताहरू प्रफुल्लित मुद्रामा छन् । नेतृ सुजाता कोइराला भन्दै थिइन्, ‘बडो दुखले सफल भइयो है सबैलाई बधाई छ ।’


प्रतिक्रिया

One thought on “कांग्रेस मुख्यालयमा खुशीयाली, नेताहरू बधाई साट्दै

  1. लुटन नपाईएला भन्ने ठूलो चिन्ता थियो । अब लुटन पाईयो भनेर लुटेराहरूको भोज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर