धनुषामा बलात्कार आरोपी प्रहरीकै गाडीबाट फरार – Nepal Press

धनुषामा बलात्कार आरोपी प्रहरीकै गाडीबाट फरार

जनकपुरधाम । धनुषामा प्रहरीकै गाडीबाट फेरी एक थुनुवा फरार भएका छन् । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् ।

जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लग्ने क्रममा हिजो साँझ ७ बजे यदुकोहाबाट मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एक प्रहरी अधिकारीका अनुसार थुनुवा मुखिया कमला नहरमा हाम फालेर भागेका छन् । प्रहरीले लखेटे पनि समात्न सकेनन् ।‌ रातभर जिल्लाभरका प्रहरी उनको खोजी गरेपनि फेला पर्न नसकेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *