पललाई स्वागतसहित बधाई दिन जेलमै पुगे तनहुँका एसपी – Nepal Press

पललाई स्वागतसहित बधाई दिन जेलमै पुगे तनहुँका एसपी

काठमाडौं । अभिनेता पल शाह आज जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेपछि शाह ठीक एक वर्षअघि फागुन १५ मा तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो । अदालतको उक्त आदेशसँगै पल जेलमुक्त भएका हुन् ।

सोमबार बिहान तनहुँ कारागारको गेटमा पलको स्वागतका लागि समर्थकको भीड लागेको थियो । उनीहरूले ‘पल शाह हाइहाइ’, ‘पललाई न्याय भयो’ भन्दै नाराबाजी गरेका थिए ।

पललाई बधाई दिन तनहुँ प्रहरी प्रमुख एसपी अवदेश विष्ट जेलमै पुगेका थिए । एसपी विष्टले पललाई बधाईसहित हात मिलाएर स्वागत गरे ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *