ज्ञानोदय बालबाटिकामा आईसीटी फेस्ट २०२३ आयोजना हुने, ९० वटा स्कूल आमन्त्रित (भिडिओ) – Nepal Press

ज्ञानोदय बालबाटिकामा आईसीटी फेस्ट २०२३ आयोजना हुने, ९० वटा स्कूल आमन्त्रित (भिडिओ)

काठमाडौं । ज्ञानोदय बालबाटिका स्कुलमा दुई दिने आईसीटी फेस्ट २०२३ आयोजना हुने भएको छ । ललितपुरको खोकनास्थित ज्ञानोदय बालबाटिका स्कुलमा बिहीबार र शुक्रबार आईसिटी फेस्ट २०२३ हुन लागेको हो ।

उक्त फेस्टमा उपत्यकाभित्रका ९० भन्दा बढी स्कुललाई आमन्त्रण गरिएको छ । जसमा ६० भन्दा बढी स्कुलहरु सहभागी हुने ज्ञानोदय स्कुलका कोर्डिनेटर ईश्वर हमालले बताए ।

‘सूचना तथा प्रविधिमार्फत विद्यार्थीमा आत्मविश्वास बढाउनको साथै उनीहरुको पाठ्यक्रमहरुमा सूचना प्रविधिलाई कसरी समावेश गर्न सकिन्छ भनेर सिकाउनका लागि फेस्ट आयोजना गरेका हौं’, उनले भने, ‘हाम्रो स्कुलले आयोजना गरेको आईसीटी प्रोगाम सफल हुने देखेका छौं ।’

भिडिओ

ज्ञानोदयका विद्यार्थीहरु कक्षा १ देखि कक्षा १२ सम्म नै दिनहुँ जसो आईसीटी कार्यक्रमसँग सम्बन्धित कामहरु गरिरहेका छन् ।

उनी भन्छन्, ‘त्यही कामले गर्दा विद्यार्थीहरुको पाठ्यक्रमलाई अगाडि बढाउन सहयोग हुने अपेक्षा गरेका छौं । आईसीटी फेस्ट २०२३ ले विद्यार्थीहरुलाई आत्मविश्वास बढाउनकोे लागि मद्दत पुग्छ भन्ने आशा लिएका छौं ।’

अहिलेको पाठ्यक्रम सैद्धान्तिकमा केन्द्रित भइरहेकाले कसरी यसलाई व्यवहारिक बनाउन सकिन्छ भन्ने ज्ञान पनि यस फेस्टले दिने स्कुलमा सहायक प्रधानाध्यापक भानु ए.ले बताए ।

‘अहिले विद्यार्थीहरुले १२ कक्षा पास गरिसक्दा पनि हातमा सर्टिफिकेट बाहेक केही हुँदैन । अब त्यस्तो सर्टिफिकेट कामले मात्रै केही हुँदैन । त्यसकारण विद्यार्थीहरु हातमा सीप लिएर निस्किउन् भन्ने हामी चाहन्छौं । त्यसका लागि पनि हामी उनीहरुको हातमासीप दिन आईसिटीको सुरुवात गरेका हौं’, आईसीटी इन्चार्ज निरज रानाले बताए ।

यसअघि ज्ञानोदय बालबाटिका स्कुलले आईसीटी अवार्ड २०२२ प्राप्त गरेको थियो । यस फेस्टबाट विद्यार्थीहरुले सूचना तथा प्रविधिको माध्यमबाट सीप, विकास र खोज अनुसन्धान गर्न सकिने आईसिटी रानाले बताए ।

‘यो आईसीटी फेस्ट आयोजना गर्नुको मुख्य उद्देश्य भनेको ज्ञान सीप, अनुभवहरु साटासाट गर्ने हो । यसले विद्यार्थीहरुमा क्षमतामा सहभागी हुने र हाम्रो जीवनमा सूचना प्रविधिको भूमिकाबारे प्रभावित हुनेछ ।’

फेस्टमा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् । उनीहरुले सिकेका आईसिटीहरु प्रर्दशनी गर्नेछन् । यो वर्ष विद्यार्थीहरुले सीप विकास र विद्यार्थीहरुले गरेका अनुसन्धान के कसो रहेछ भन्ने निरीक्षण गर्ने उनले बताए ।

‘अरु स्कुलका विद्यार्थीहरुलाई बोलाउनुको कारण चाहिँ विद्यार्थीहरुले जानेका कुराहरु अरु स्कुलका विद्यार्थीहरुले अनुभव गरेको ज्ञानहरु सेयर गर्ने त्यसमा हामीले इनोभेसनमा हामीले सहयोग गर्ने भन्ने कुरा ध्यानमा राखेर यो फेस्ट आयोजना गरेका हौं’, रानाले बताए ।

आईसीटी फेस्ट ज्ञानोदय स्कुलको पहिलो कार्यक्रम हो । यसबाट अरु विद्यालयलाई आईसिटीका लागि प्रोत्साहन गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

‘यसमा हामीले पहिला हेर्न चाहन्छौं । कतिको गर्न सक्छ कुन लेभलको गर्न सक्छ । कति स्कुलहरुले यसलाई अगाडि राखेर बढ्नुभएको छ भने कति स्कुलहरुले यसलाई निरुत्साहित पनि गरेको छ’, रानाले भने, ‘विद्यार्थीहरु अहिले त्यो प्रविधिमा अपडेट छन् भने उहाँहरुलाई पनि हामीले अवसर दिनेछौं । एक्जीभिसन पनि हो ।

आईसीटी फेस्टलाई तीनवटा भेन्युमा राखिएको छ । पहिलो भेन्युमा ज्ञान इन्डोर स्पोर्टस कम्पेल्क्स ग्रुपमा १३ वटा स्टल रहेनछन् । जसमा कोडिङ प्रोगामिङ, मोडर्न सिटी आर्किटेक्चरल डिजाइनिङ, थ्रिडी प्रिन्टिङ कम्युटर हार्डवेर नेटवर्किङ थ्रिडी मोडल अफ सोलार सिस्टम, आर्टिफिसियल इन्टेलिजिन्ट फर सेक्युरिटी, लोगो डिजाइन, गेम डेपलपमेन्ट कोडिङ, साइबर सुरक्षा, टु डि फेमलगायत स्टल हुनेछन् ।

दोस्रो भेन्युअन्तर्गत आईसीटी ब्लकमा स्मार्ट फोटोग्राफी एण्ड स्मार्ट एआई इडिट, स्मार्ट क्लासरुम, डिजिटल एनिमिनेसन, रोवोटिक, होलोग्राफी, ज्ञानोदय स्टुडियो, पावरपोइन्ट प्रेजेन्टटेसन, इन्डुभिज्युअल प्रोजेक्ट गरी १० वटा स्टल राखिएको छ । यस स्टलमा विद्यार्थीले गरेका रिर्सचहरु प्रस्तुत गर्नेछ । साइन्स ल्याब गणित ल्यावमा विद्यार्थीले सिकेको डिजाइनिङहरु समावेश गरिनेछ ।

त्यस्तै, भेन्यु ३ ज्ञान हलमा मिडिया एण्ड मास कम्युनिकेसन प्रडक्ट फोटोग्राफी, ड्रोन फालाइट डेमोस्टे«सन, क्रोमा कि टेक्नोलोजी, फोटोग्राफी, भिडिओग्राफी टेक्स एनिमिनेसन लगायतका १० वटा स्टल रहेनछन् ।

आईसिटी ल्याबबाट अहिलेदेखि नै आफ्नो रुचि जान्न पाइने र त्यसमा ज्ञान पनि बढ्ने आफनो भविष्य बनाउन सकिने कक्षा ७ कि विद्यार्थी स्मारिका बस्नेतले बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर