नेकपा एस र जसपाको प्रस्ताव : प्रदेश १ को नाम किराँत-लिम्बूवान-सगरमाथा
नेपाल प्रेस
२०७९ फागुन १७ गते १२:५७
विराटनगर । एकीकृत समाजवादी र जसपाले प्रदेश १ को नाम किराँत लिम्बूवान सगरमाथा राख्ने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई प्रस्तावक र जसपाका निर्मला सुब्बा समर्थक रहेको नामको प्रस्ताव सचिवालयमा दर्ता भएको हो ।
प्रदेश १ मा समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर