यूएईविरुद्ध पहिलो ओभरमै करणले लिए विकेट
नेपाल प्रेस
२०७९ फागुन १८ गते ११:५८
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले पहिलाे सफलता पाएकाे छ ।
दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध नेपालले पहिलो ओभरमा पहिलो विकेट लिएको हो । नेपालका लागि पहिलो ओभर बलिङमा आएका तीब्र गतिका बलर करण केसीले पहिलो ओभरमा एक विकेट लिए ।
उनले मोहमद वासिमलाई बोल्डआउट गरेका थिए । वासिम ५ बल खेल्दै शून्यमा आउट भए ।
प्रतिक्रिया
सम्बन्धित खवर