जेलमै भेट्न पुगेका रामचन्द्रलाई रेशम चाैधरीले राखे यी अडान
आफ्नो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने अडान
काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले भेटेका हुन् ।
उनले नेता पौडेललाई भोट हाल्नको लागि भेटवार्ताको क्रममा आफ्नो शर्त अघि सारेका छन् ।
उनले नेता पौडेलसमक्ष सुदुरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने, गोदावरीमा रहेको राजधानीलाई धनगढीमा राख्नुपर्ने, टीकापुर घटनाको दोषीलाई रिहाइ गर्नुपर्ने अडान राखेको स्रोतले बतायो ।
उनले आफ्नो रिहाई नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने स्पष्ट सन्देश पठाएका छन् ।
कस्तो दिन आयो😋