जलेश्वरबाट मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ
जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र एक लेखापढी व्यवसायीलाई घुस रकमसहित अख्तियारको टोलीेले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालपोतका नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्ण छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले ९ हजार रुपैयाँ घुस रकमसहित उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
लेखापढी व्यावसायी मालपोतमा दलालको रुपमा काम गर्छन् । उनीहरुले नै सेवाग्राहीसँग डिल गरेर कर्मचारीलाई घुस खुवाउँछन् । नासु सुब्बा पनि लेखापढी व्यावसायी कर्णमार्फत घुस लिन खोज्दा पक्राउ परेको बुझिएको छ ।