उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा शिवप्रसाद घिमिरेको उम्मेदवारी
नेपाल प्रेस
२०७९ फागुन १९ गते १४:३३
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा शिवप्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । घिमिरेलाई वस्तुगततर्फको केन्द्रीय सदस्यका लागि नेपाल एलपी ग्यास उद्योग संघले समर्थन गरेको हो ।
घिमिरेले यसअघि पनि केन्द्रीय सदस्य नै थिए । घिमिरेले लामो समयदेखि खाना पकाउने ग्यास, पेट्रोलियम र अक्सिजनलगायतको विभिन्न व्यवसाय गर्दै आएका छन् ।
महासंघको निर्वाचन चैतमा हुँदैछ ।
प्रतिक्रिया