बहिनीसँगको यौनजन्य भिडिओ ब्याइफ्रेण्डलाई पठाउने युवती पक्राउ, गुगलले इन्टरपोललाई दिएको थियो सूचना – Nepal Press

बहिनीसँगको यौनजन्य भिडिओ ब्याइफ्रेण्डलाई पठाउने युवती पक्राउ, गुगलले इन्टरपोललाई दिएको थियो सूचना

काठमाडौं । आफ्नै बहिनीसँग यौनजन्य गतिविधि गरेको आरोपमा भक्तपुरबाट एक युवती पक्राउ परेकी छिन् ।

भक्तपुर प्रहरी परिसरले २१ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता कुमार मैनालीले जानकारी दिए । आरोपी युवती अविवाहित हुन् । बहिनी बालिका भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बहिनीसँगको यौनजन्य गतिविधिको भिडिओ युवतीले आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएकी थिइन् ।

गुगलले इन्टरपोललाई त्यसबारे खबर गरेपछि नेपाल प्रहरीलाई घटनाबारे थाहा पाएको हो । प्रवक्ता मैनालीका अनुसार गुगल रिभ्युअरले बाल यौन दुराचारसम्बन्धी गतिविधि भएको देखेपछि इन्टरपोलललाई खबर गरेको थियो ।

इन्टरपोलले नेपाल प्रहरीलाई खबर गरेपछि भक्तपुरबाट युवतीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।


प्रतिक्रिया

One thought on “बहिनीसँगको यौनजन्य भिडिओ ब्याइफ्रेण्डलाई पठाउने युवती पक्राउ, गुगलले इन्टरपोललाई दिएको थियो सूचना

  1. तेस्तो गर्न नहुने तर सत्ते तत्त्थे पत्ता लगाइ तेस्तो काम गरे को हो भने कार्भाइ हुनु पर्यो निर्दोष छ भने छोड्नु पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *