नारायण परिश्रमी र हुकुम लामालाई छाड्न माग गर्दै माइतीघरमा सुकुमबासीको विरोध (तस्बिरहरू)
२०७९ फागुन २१ गते १३:०१
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका नारायण परिश्रमी र हुकुमबहादुर लामालाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले केही दिनअघि परिश्रमी र लामालाई पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
सुकुम्वासी बस्ती खाली गराउन जाँदा प्रदर्शनकारीको आक्रमणमा पाण्डेसहित केही घाइते भएका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर