‘छक्का पञ्जा ४’ को फुटेज टिकटकमा छ्याप्छ्याप्तीपछि साइबर ब्युरोमा उजुरी – Nepal Press

‘छक्का पञ्जा ४’ को फुटेज टिकटकमा छ्याप्छ्याप्तीपछि साइबर ब्युरोमा उजुरी

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को भिडिओ क्लिपहरु सामाजिक सञ्जालमा एकाएक बाहिरिन थालेपछि ओएसआर डिजिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक ओम अग्रवालले साइबर ब्युरोमा उजुरी दिएका छन् ।

यस चलचित्रको डिजिटल अधिकार ओएसआरसँग छ । चलचित्रका क्लिपहरू टिकटकमा सार्वजनिक हुन थालेपछि ओएसआरले प्रहरी गुहारेको हो ।

चलचित्रको अधिकांश दृश्य सामाजिक सञ्जालमा देखिएको भन्दै उजुरी परेको साइबर ब्युरोका प्रवक्ता पशुपति रायले बताए ।

‘कसले अपलोड गरेको रहेछ भनेर पहिचान गरिदिन निवेदन दिन आउनुभएको थियो,’ उनले भने । उनले प्रतलिपि अधिकार हनन्सम्बन्धी विषय रहेकाले यस्तो मुद्दा साइबर ब्युरोले नहेर्ने बताए ।

‘हामीले प्राविधिकरूपमा हेर्ने कुरा बेग्लै हो तर मुद्दा भने काठमाडौं प्रहरी परिसरजस्ता युनिटले हेर्छन’, रायको भनाई छ ।

यही फागुन १९ बाट देशभर लागेको चलचित्र ‘छक्कापञ्जा ४ ’ ले सुरुको दिनमा ५० प्रतिशतमात्र अकुपेन्सी आगेटेका हलहरूमा समेत अहिले चलचित्र हाउसफुल छ । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *