नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु, पौडेलले खसाले पहिलो मत
नेपाल प्रेस
२०७९ फागुन २५ गते १०:१७
काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।
संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।
उनी ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् ।
नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर