भ्रष्टाचारमा दोषी ठहर कांग्रेस सांसद गुरुङलाई एक करोड २१ लाख ८४ हजार जरिवाना, कैद सजाय भएन
काठमाडौं । भ्रष्टाचारमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई जरिवानामात्र गर्ने सजाय सुनाइएको छ । उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
उनलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र सो बराबरको बिगो भराउने सजाय भएको विशेष अदालतका प्रवक्ता नारदप्रसाद भट्टराईले जानकारी दिए ।
दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । भट्टराईका अनुसार ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ ।
कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ ।