दुर्गा प्रसाईँको ‘कालोमोसो दस्ता’ का संयोजक थापा गैरकानूनी हिरासतमा लिएको भन्दै सर्वोच्चमा – Nepal Press

दुर्गा प्रसाईँको ‘कालोमोसो दस्ता’ का संयोजक थापा गैरकानूनी हिरासतमा लिएको भन्दै सर्वोच्चमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियान भन्दै दुर्गा प्रसाईँले सुरू गरेको कालोमोसो दस्ताका संयोजक शम्भु थापा आफूलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

चितवन प्रहरीले बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैलाएको भन्दै यसै साता थापालाई पक्राउ गरेको थियो । थापाका तर्फबाट सुरक्षा खतिवडाले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनको प्रारम्भिक सुनुवाइ शुक्रबार भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भइसके पनि आदेश आउन बाँकी छ । थापा चितवन वाईसीएलका पूर्वइन्चार्ज पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *