उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता – Nepal Press

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनलका उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको छ ।

त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्नुकास साथै भ्रमण सफलताको शुभकामना दिंदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठुलो अन्तराष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सधैँ स्वागत गरिने बताए । केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औल्याए ।

चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल ब्यापार घाटा धेरै भएकाले त्यसलाइ घटाउन आपसी समझदारीका आधारमा अघि बढनु पर्ने आवश्यकता औल्याउदैँ नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्याए ।

तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।

त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै चारवर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला भएकोले सहजता भएको बताए ।

कोभिडका कारण चीन र नेपालको बीच भर्मण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमासमेत असर परेको बताए । नेपाल आफुहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए ।

झाङले नेपालले ठूलो प्राविधियुक्त उद्योग-निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए । उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदुत छन् सोङसहित शिष्टाचार भेटवार्तामा आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर