देशको सान राख्न खेलकुद पूर्वाधार बढाउनुपर्छ: राष्ट्रपति पौडेल – Nepal Press

देशको सान राख्न खेलकुद पूर्वाधार बढाउनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् ।

आईसीसी लिग- २ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताएका हुन् ।

उनले नेपाली क्रिकेट टीमले राष्ट्रको इज्जत र गौरव बढाएको उल्लेख गरे ।

‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस दिएर हेरें असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो’ राष्ट्रपति पौडेलले भने, ‘पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन । यसमा त विश्वका देशहरुसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ ।’

उनले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *