विप्लवका विद्यार्थीले मतपेटिका फुटाएपछि डोटीमा रोकियो मतदान (भिडिओ)
नेपाल प्रेस
२०७९ चैत ५ गते १५:०९
कैलाली । डोटी बहुमुखी क्याम्पसमा मतदान स्थगित भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो ।
फर्जी मत लगाएको आरोपपछि यहाँ विवाद सुरू भएको थियो । त्यसपछि भित्र सुरक्षितस्थलमा राखिएको मतपेटिका फुटाइएको छ ।
अहिले पनि विवाद जारी छ ।
प्रतिक्रिया