सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका घनश्याम रेग्मी नेतृत्वको प्यानल नै विजयी भएको हो ।
उनले ७० पाएका छन् । त्यस्तै सचिवमा कृष्ण रावलले ६९ र कोषाध्यक्षमा शंकर सोनीले ७० मत पाएका छन् ।
अनेरास्ववियुबाट सदस्यहरुमा गीता मल्ल, सिर्जना श्रेष्ठ, हिर्माकुमारी रावलले क्रमशः ६९, ७२, ७० मत पाएर विजयी भएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका सभापति उम्मेदवार खगेन्द्र सापकोटाले ६२ मत पाएका छन् । सचिव उम्मेदवार कविता बुढाले ६४ र कोषाध्यक्ष उम्मेदवार कल्पना घर्तीमगरले ६३ मत पाए ।
त्यस्तै नेविसंघका सदस्य उम्मेदवार कविता मल्लले ५९, चन्द्रलाल करालाले ६० र निर्मला योगीले ६३ मत पाएका छन् ।
जम्मा १४९ मतदाता रहेको क्याम्पसमा १३४ मत खसेको थियो ।