कालीकोटको नन्दादेवी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन, कसको भागमा के-के ? – Nepal Press

कालीकोटको नन्दादेवी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन, कसको भागमा के-के ?

सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिमा रहेको नन्दादेवी बहुमुखी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन गरिएको छ । आइतबार नरहरिनाथ गाउँपालिकाको कोटबाडामा रहेको नन्दादेवी बहुमुखी क्याम्पसको स्ववियुको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नन्दादेवी बहुमुखीमा स्ववियुको अध्यक्ष नेपाल विद्यार्थी संघको भागमा परेको छ । अध्यक्षमा जुनिता बिष्ट, उपाध्यक्षमा अखिल क्रान्तिकारी बिप्लबका संग्राम शाही, सचिवमा अनेरास्ववियुका टेकबहादुर बोगटी, सह-सचिवमा अनेरास्ववियू समाजवादीका रोशन बिष्ट र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका यशोदा शाही सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा अखिल क्रान्तिकारीबाट मंगलबहादुर बिष्ट, नेवि संघबाट अन्जु सहकारी, अखिल क्रान्तिकारी बिप्लबबाट सागरबहादुर सहकारी, अखिल क्रान्तिकारीबाट दिनेश वि.क, अनेरास्ववियू समाजवादीबाट खाम्म दर्जी र अनेरास्ववियुबाट सुशिला बोहरा सर्वसम्मत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर