केपी ओली, आपत्ति जनाउने ‘चेली’ र दमाई कामीमाथि ‘दलितको झेली’
छुवाछूतविरुद्धका कार्यक्रम गैरदलितले गरुन्, गहिरो छ मरणशील दलनको अन्तिम पुस्ताको पीडा
जंगबहादुर राणा विक्रम सम्वत् १९०८ मा बेलायत गए । फर्केर आएपछि उनले जात फर्काए । म्लेच्छ अर्थात् विधर्मीलाई छोएको तथा उनीहरूले छोएको खानेकुरा खाएकाले उनको जात गयो रे । त्यसैले जात फर्काउन विभिन्न धार्मिक विधिविधान गरिएको इतिहास छ ।
आजकाल जसले छोएको खाँदा गर्व गरिन्छ, तर त्यसबेला जंगवहादुर जो राजाभन्दा शक्तिशाली महाराजा थिए, उनले जात फर्काउनुपरेको थियो ।
अहिलेको पुस्तालाई अचम्म लाग्ला, केही दशक पहिलेसम्म नेपालमा खास जाति तथा वर्गले युरोपेलीहरूले छोएको खाँदैनथे, उनीहरूलाई छुँदैनथे । छोएमा जात जान्छ भन्ने गरिन्थ्यो । युरोप गयो भने जात धर्मबाट च्यूत बनिन्छ भन्ने धारणा थियो । गाई खाने म्लेच्छहरूले छोएको खान हुन्नथियो ।
दलित भनेको समुदाय पनि होइन, जाति पनि होइन । दलित संज्ञा नै होइन, यो त क्रिया या क्रियापद हो । क्रिया या कियापद कसरी नाम बन्छ ? तर, अर्बौं रूपैयाँ खर्च गरेर, आठ वर्ष लगाएर बनाएको लोकतान्त्रिक संविधानले दलित नामको जातीय समुदाय नै सिर्जना गरेको छ ।
हिन्दू समुदायभित्रको शुद्र बाहेक इसाई र मुस्लिम धर्मावलम्बीलाई छुन नहुने, उनीहरूले छोएको खान नहुने अमानवीय प्रथा कानूनले धेरै वर्षअघि बर्जित गरे पनि व्यवहारमा भने पछिल्लो समयबाट घट्दै गइरहेको छ । छुवाछूत प्रथा कसरी घटिरहेको छ भन्ने नियाल्यौं भने अनौठो परिदृष्य देख्न सकिन्छ ।
युरोपेली या इसाईलाई अहिले छुवाछूत गरिँदैन । बरु, उनीहरू अत्यन्त सम्मानित भएका छन् । युरोप जान पाइयो भने अहोभाग्य ठान्ने गरिन्छ । युरोपेली वा पश्चिमा गोराले दिएको खान पाउँदा त गर्व गरिन्छ । कतिपयले त युरोप अमेरिका जान पाइन्छ भनेर क्रिश्चियन धर्म अंगालेको पनि सुनिन्छ । मुसलमानलाई पनि खासै छुवाछूत गरिँदैन । मुसलमानउपर गरिने छुवाछूत पनि निक्कै नै घटेको महसुस गर्न सकिन्छ ।
राजाहरूको जात किन गएन ?
जंगबहादुर राणाबेलायत गएको प्रसंग उल्लेख गरियो । पछि शाह राजाहरू मजासँग युरोप जान थाले । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रले युरोपेलीहरूसँग बसेर खाना खाए । समाजले प्रश्न उठाएन । उनीहरूले जात फर्काउन फर्काउन विधिविधान गरेको पनि सुन्नमा आएन । तर, तिनै राजाहरूले नेपालका कथित अछुत जातीय समुदायका मानिससँग बसेर खाएको कहिल्यै देख्न सुन्न पाइएन ।
छुवाछूत हटाउनका लागि दलित संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेको देख्न सकिन्छ । दिवसका अवसरमा छुवाछूत विरोधी कार्यक्रम छुवाछूत पीडितहरूले गर्नुको कुनै अर्थ देखिँदैन । बरु, गैरदलितहरूले यस्तो कार्यक्रम गर्नुपर्छ ।
राजाहरूले विदेशी राष्टाध्यक्षहरूसँग खाना खाएको समाचार गोरखापत्रमा हेडलाइन बनेर प्रकाशित हुने गरेको थियो । एउटा मिडिया रिसर्चको क्रममा ती समाचारहरू देख्दा मलाई रमाइलो लागेको थियो । राजाहरूको जात केही गरे पनि नजाने, धनीको पनि जात नजाने, गरिबको चाहिँ जात जाने त्यो समाजको संरचना बुझ्न सकिन्छ ।
किनकी पछिल्ला वर्षहरूमा समेत गाउँघरमा बाहुन क्षेत्रीहरू ‘पानी बाहेक’ जस्ता छुवाछुतको शिकार बनेका छन् । दलितसँग विहे गरेका कारण कथित उच्च जातका युवा युवती बहिष्करणमा परेका छन् ।
दलितलाई नयाँ जाति बनाउन खोजिँदै
नेपालमा छुवाछूतपीडितहरूको नयाँ जाति तथा समुदाय बनाउने प्रयास गरिएको छ । जबर्जस्ती दलित समुदाय सिर्जना गरिएको छ । परम्परागतरूपमा दलित नाम गरेको कुनै समुदाय छैन, कुनै जाति छैन । दलित थर पनि छैन । तैपनि संविधानमा दलित समुदाय लेखिएको छ ।
दलित भनेको समुदाय पनि होइन, जाति पनि होइन । दलित संज्ञा नै होइन, यो त क्रिया या क्रियापद हो । क्रिया या कियापद कसरी नाम बन्छ ? तर, अर्बौं रूपैयाँ खर्च गरेर, आठ वर्ष लगाएर बनाएको लोकतान्त्रिक संविधानले दलित नामको जातीय समुदाय नै सिर्जना गरेको छ ।
युरोपेली या इसाईलाई अहिले छुवाछूत गरिँदैन । बरु, उनीहरू अत्यन्त सम्मानित भएका छन् । युरोप जान पाइयो भने अहोभाग्य ठान्ने गरिन्छ । युरोपेली वा पश्चिमा गोराले दिएको खान पाउँदा त गर्व गरिन्छ । कतिपयले त युरोप अमेरिका जान पाइन्छ भनेर क्रिश्चियन धर्म अंगालेको पनि सुनिन्छ ।
वास्तवमा दलित समुदाय आर्य हुन् कि मंगोल वा द्रविण ? जात र समुदाय तथा वर्ण, भाषाजस्ता विषयबाट जनिनु पर्ने हो । मधेसको दलित र पहाडको दलितबीच भाषा, भेष र वर्णमै फरक छ । दलित कुनै जात वा समुदाय नभएर यो त कसैले दिएको अपमानजनक दर्जा हो भन्ने बुझ्न जरुरी छ ।
विश्वकर्मा हुनुमा गर्व गर्छु
व्यक्तिगतरूपमा म विश्वकर्मा हो । विश्वकर्मा हुनुमा म गर्व गर्दछु । कतिपयले विश्वकर्मालाई दलित ठान्छन्, छुवाछूत गर्छन् । तर, म विश्वकर्मा भएकोमा गर्व गर्छु । गर्वसाथ म आफूलाई विश्वकर्मा भन्दछु । विश्वकर्मा थर भएकाहरूले आफूलाई कामी जाति या समुदाय भन्छन् । कामी जातिमा विश्वकर्माबाहेक पनि अन्य विभिन्न थर छन् । म दलित समुदायको होइन, कामी समुदायको हो । कामी समुदायमा जन्म लिन पाएकोमा म गर्वबोध गर्दछु ।
जसले हामीलाई दलित बनाए, उनीहरूले अपमान गरेर हामीलाई दलित भनेका हुन सक्छन् । तर, हामी आफैंले आफैंलाई किन दलित भन्ने ?
यो संविधानले मलाई दलित समुदायको बनाइदिएको छ । नागरिकलाई जबर्जस्ती तिमी फलानो समुदायको हौ भनेर तोक्ने काम संविधानमै लेखेर गरिएको छ । हुँदै नभएको समुदाय किन सिर्जना गरिएको होला ? यो विषयमा चर्चा गर्दा नियत हेरिनुपर्छ ।
परम्परागतरूपमा छुवाछूत भोग्दै आएको समुदायलाई दलित भनेर नराम्रो गर्न खोजिएको होइन, यसमा नियत नराम्रो भन्न मिल्दैन । तैपनि दलित शब्दले दिने अर्थ भने अपमानजनक नै हुन्छ ।
दलित शब्दको बाध्यता
यदि हामी दलित नै हो भने पनि हामी आफूले आफैँलाई दलित बनाएका होइनौं, अरुले हामीलाई दलित बनाएका हुन् । जसले हामीलाई दलित बनाए, उनीहरूले अपमान गरेर हामीलाई दलित भनेका हुन सक्छन् । तर, हामी आफैंले आफैंलाई किन दलित भन्ने ? किन संविधानले हामीलाई दलित भन्ने ? आज यो प्रश्न हामीले सबैतिर उठाउन आवश्यक छ ।
गर्वसाथ म आफूलाई विश्वकर्मा भन्दछु । विश्वकर्मा थर भएकाहरूले आफूलाई कामी जाति या समुदाय भन्छन् । कामी जातिमा विश्वकर्माबाहेक पनि अन्य विभिन्न थर छन् । म दलित समुदायको होइन, कामी समुदायको हो । कामी समुदायमा जन्म लिन पाएकोमा म गर्वबोध गर्दछु ।
संविधानले कसैलाई पनि दलनमा पार्न हुँदैन भनेको छ, अनि संवधानले नै दलित समुदाय सिर्जना गर्ने ? यो मिलेन । यसलाई सच्याइनुपर्छ । परम्परागतरूपमा विभेद र छुवाछूतमा पारिएको समुदायलाई यो संविधानले कहिलेसम्म दलित भनेर सम्बोधन गर्छ ? छुवाछूतमा पारिएको समुदायलाई दलित भनेर झन् अपमान गर्नु ठिक होइन । दलित शब्द अस्वीकार गर्दागर्दै पनि यो शब्द प्रयोग गर्नु बाध्यता भएको छ ।
केपी ओली, चेली र दलित
दलित शब्दको चर्चा गर्दा चेली शब्दको पनि चर्चा गर्न मन लाग्यो । केही दिन पहिले प्रतिनिधिसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेली शब्द प्रयोग गरे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी एक सांसद (सुमना श्रेष्ठ) ले चेली शब्दमा आपत्ति प्रकट गरिन् ।
अरुभन्दा फरक देखिने चाहनाले हो या विदेशीले नेपालमा फैलाएको भाषिक प्रदूषणको जालमा परेर हो, उनले चेली शब्दप्रति आपत्ति जनाइन् । केपी ओलीले संसदमा बोलिरहँदा र उनले त्यसपछि आपत्ति जनाएको बेलामा म त्यो बैठकको लाइभ हेरिरहेकी थिएँ । ती चेली सांसद्को आपत्तिमा भन्दा मलाई आश्चर्य त उनको समर्थनमा टेबल ठटाइएको दृष्यले लाग्यो ।
चेली शब्द प्रयोग गर्न हुँदैन भन्ने विचार पनि नेपाली हुन सक्दैन । महिलामाथि स्नेहका साथ अभिभावकत्व दिनेगरी प्रयोग हुने शब्द नै चेली हो । त्यसैगरी कामी, सार्की, दमाई, डोमलगायतको आफ्नो जातीय पहिचान दिने शब्द भन्न पाइँदैन, दलित भन्नुपर्छ भन्नु पनि नेपाली संस्कृति र परम्परामा हिनताबोध गर्नु हो ।
महिलालाई चेली भन्न पाइँदैन भन्दै ती सांसद कुर्लदा अरु सांसद्हरू उनको अज्ञानमा हाँस्छन् जस्तो लागेको थियो तर कोही पनि हाँसेनन्, बरु केही महिला सांसदले ताली बजाए । हाम्रो दैनिक जीवनको प्यारो शब्द प्रयोग गर्न पाइँदैन भन्नु अनौठो हो ।
नेपालमा विदेशीले शब्दशब्दमा खेल्ने गरेका छन्, विदेशीले अन्धा, अपांग, आइमाई शब्द प्रयोग गर्न हुँदैन भनेर हामीलाई दीक्षित गरिरहेका छन् । चेली शब्द प्रयोग गर्न हुँदैन भन्ने विचार पनि नेपाली हुन सक्दैन । महिलामाथि स्नेहका साथ अभिभावकत्व दिनेगरी प्रयोग हुने शब्द नै चेली हो । त्यसैगरी कामी, सार्की, दमाई, डोमलगायतको आफ्नो जातीय पहिचान दिने शब्द भन्न पाइँदैन, दलित भन्नुपर्छ भन्नु पनि नेपाली संस्कृति र परम्परामा हिनताबोध गर्नु हो ।
आजकाल राई, लिम्बू, तामाड, गुरुङ, शेर्पालगायतलाई आफ्नो जातीय पहिचान दिने शब्द प्रयोग गर्नुभन्दा आदिवासी जनजाति शब्द प्रयोग गर्न सिकाइँदैछ । अझ कतिपयले मूलवासी पनि भन्छन् । दलितलाई पनि यस्तै सिकाइँदैछ ।
कसैले मलाई कामी भन्छ भने भने म अपमान ठान्दिनँ । उसले अपमान गर्ने उद्देश्यले मलाई कामी भन्छ भने उसले आफैंलाई अपमान गर्छ । कामी भनेको नेपालको एउटा जातीय समुदाय हो, यो समुदायको गौरवपूर्ण इतिहास छ । कामी, सार्की, दमाईलगायतको समाजमा ठूलो योगदान छ ।
मरणशील छुवाछूत प्रथा
छुवाछूत प्रथा मरणशील छ । यसले अन्तिम श्वास फेरिरहेको छ । सम्भवतः छुवाछूत भोग्ने अहिलेका मानिस अन्तिम पुस्ता हुन् । तर, अन्तिम पुस्ताले भोगिरहेको पीडा र व्यथा अकल्पनीय छ । निश्चित के हो भने भविष्यमा छुवाछूत प्रथा रहने छैन । नयाँ पुस्ता र सचेत तथा चेतनशील गैरदलित समुदायका मानिसले छुवाछूत प्रथा मान्दैनन् ।
नेपाली समाजको छुवाछूत मान्ने वर्ग या तप्काले म्लेच्छ, इसाईलगायतलाई छुवाछूत मुक्त गरेर सम्मानजनक व्यवहार गरिरहेको छ तर आफ्नै समुदाय भित्रका मानिसलाई भने अझै छुवाछूत गरिरहेको छ । छुवाछूत हटाउने जिम्मेवारीपीडित समुदायको भन्दा गैरपीडित समुदायको जिम्मेवारी धेरै हुनुपर्छ ।
अरुभन्दा फरक देखिने चाहनाले हो या विदेशीले नेपालमा फैलाएको भाषिक प्रदूषणको जालमा परेर हो, उनले चेली शब्दप्रति आपत्ति जनाइन् । केपी ओलीले संसदमा बोलिरहँदा र उनले त्यसपछि आपत्ति जनाएको बेलामा म त्यो बैठकको लाइभ हेरिरहेकी थिएँ । ती चेली सांसद्को आपत्तिमा भन्दा मलाई आश्चर्य त उनको समर्थनमा टेबल ठटाइएको दृष्यले लाग्यो ।
हो, राज्य तथा सरकारले विभिन्न नीति तथा कानुन बनाएर छुवाछूतलाई निषेध गरेको छ, दण्डनीय बनाएको छ । यसको ठूलो र सकारात्मक प्रभाव परेको तथ्यलाई नकार्न सकिँदैन । तर, छुवाछूतको जरा समाजमा छ, यो सामाजिक अपराध हो । कानूनले मात्र सामाजिक अपराधलाई निर्मुल गर्न सक्दैन । यसका लागि समाज नै जागरुक बन्नुपर्छ ।
गैरदलितले कार्यक्रम गर्नुपर्छ
छुवाछूत हटाउनका लागि दलित संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेको देख्न सकिन्छ । दिवसका अवसरमा छुवाछूत विरोधी कार्यक्रम छुवाछूत पीडितहरूले गर्नुको कुनै अर्थ देखिँदैन । बरु, गैरदलितहरूले यस्तो कार्यक्रम गर्नुपर्छ ।
अहिले के देखिन्छ भने छुवाछूतको विरुद्धमा दलित संघसंस्थाले कार्यक्रम गर्छन्, कार्यक्रममा गैरदलित व्यक्तिहरूलाई निम्ता गरिन्छ । यसो गर्नुको अर्थ छैन । गैरदलितहरूले कार्यक्रम गर्नुपर्छ अनि त्यहाँ दलितलाई निम्ता गरिनुपर्छ ।
सम्भवतः छुवाछूत भोग्ने अहिलेका मानिस अन्तिम पुस्ता हुन् । तर, अन्तिम पुस्ताले भोगिरहेको पीडा र व्यथा अकल्पनीय छ । निश्चित के हो भने भविष्यमा छुवाछूत प्रथा रहने छैन । नयाँ पुस्ता र सचेत तथा चेतनशील गैरदलित समुदायका मानिसले छुवाछूत प्रथा मान्दैनन् ।
जातीय विभेदका विभिन्न रूप हुन्छन् । विभेदको चरम अमानवीय रूप छुवाछूत हो । छुवाछूतपीडित समुदायले अब हीन भावना लिएर बस्न हुँदैन । यसका लागि दलित समुदायले शिक्षा र उद्यमशीलताको महत्व बुझ्नुपर्छ । शिक्षाले चेतना दिन्छ, उद्यमशीलताले आर्थिक स्वतन्त्रता दिएर स्वालम्बी बनाउँछ ।
हामीलाई समाजले अगाडि बढ्न दिँदैन भन्ने भावना बोक्न हुँदैन । अब समाज पहिले जस्तो रहेन, कानून दलित समुदायको साथमा छ, चेतनशील मानिसको ठूलो संख्या यो समुदायको साथमा छ । हीन भावना लिएर होइन, समाजमा अगाडि बढ्छु, समाजको नेतृत्व गर्छु भन्ने भावनासाथ दलित समुदाय अगाडि बढ्न जरुरी छ ।