देशका ७३ प्रतिशत परिवारसँग स्मार्ट फोन, अरु सुविधाको पहुँच कति ? – Nepal Press

देशका ७३ प्रतिशत परिवारसँग स्मार्ट फोन, अरु सुविधाको पहुँच कति ?

काठमाडौं । नेपालको कुल जनसंख्याको ३.९ प्रतिशत परिवारहरुसँग कुनै पनि विद्युतीय साधन र सुविधाहरु उपलब्ध नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ९६.१ प्रतिशत परिवार कम्तिमा एक किसिमको सुविधा उपभोग गरिरहेका छन् ।

परिवारमा भएका साधन तथा सेवा सुविधाहरुको विवरण संकलन गर्न विभिन्न १४ वटा साधनको विकल्पहरु सहितको प्रश्नहरु सोधिएको थियो । रेडियो, टेलिभिजन फोन, कम्प्युटर, इन्टरनेट, सवारीसाधन, विद्युतिय पंखा, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कण्डिसनर लगायतका सुविधाहरुबार सर्भेक्षण गरिएको हो ।

सर्वेक्षण नतिजा अनुसार साधारण मोवाइल फोन ७३. २ प्रतिशत रहेको छ भने ७३ प्रतिशतसँग स्मार्ट फोन छ । यस्तै, ४९.४ प्रतिशत परिवारमा टेलिभिजन र ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको देखिन्छ । ३५.२ प्रतिशत परिवारसँग आवागमनका लागि साइकल उपलब्ध रहेको देखिन्छ ।

कम्प्युटर ल्यापटप १५.० प्रतिशतसँग छ । यस्तै, निजी कार, जीप, भ्यान ३.१ प्रतिशतसँग, मोटरसाइकल–स्कुटर २७.३ प्रतिशतसँग विद्युतीय पंखा ५३.१प्रतिशतसँग फ्रिज २३.७ प्रतिशतसँग, वासिनमेसिन ४.२ प्रतिशतसँग र एयर कन्डिसनर ०.८ प्रतिशतसँग रहेको छ ।

नगरपालिका क्षेत्रमा कुनै पनि साधन सुविधा नभएका परिवार २.८ प्रतिशत छन् । गाउँपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा नभएको परिवार ६.० प्रतिशत रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर