नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जना एक लाख ७५ हजार घुससहित पक्राउ
नेपाल प्रेस
२०७९ चैत १४ गते १६:५०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कित्ता काट गर्न सहजीकरण गरिदिएबापत घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुक्तिनाथ कानुनी सेवा मनमैजुमा लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी रहेका छन् ।
उपरकोटीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर