रविलाई गोकुलको प्रश्न- सत्तासँग के साटेको ? नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? (भिडिओ) – Nepal Press

रविलाई गोकुलको प्रश्न- सत्तासँग के साटेको ? नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? (भिडिओ)

‘माओवादी र नेकपा एसले अरुको भरिया नबनी वामपन्थीको झण्डा बोकुन्, चितवन २ ले वामपन्थीलाई जिताउने मौका दिएको छ’

चितवन । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चितवन २ मा एमालेलाई नजिताउँने हो भने केही समयपछि उही कथा दोहोरिने भन्दै रवि लामिछानेविरुद्धको अर्को मुद्दातर्फ संकेत गरेका छन् ।

चितवन २ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद भने ।

बाँस्कोटाले भने, ‘सबैलाई थाहा भइसक्यो एउटै दल सत्तामा पनि हुन्छ, त्यही दल प्रतिपक्षमा पनि हुन्छ । त्यही दल एउटा सरकार बन्दा पनि हुन्छ, त्यही दल अर्को बन्दा पनि हुन्छ । निष्ठाको राजनीति गर्छु भन्नेहरूले झुट बोलेको पनि देखियो, थ्याङ्क्यु त्यही भएर पाँच महिनामै पुनः परीक्षण हुन पर्‍यो । अब प्रश्न गर्नुपर्छ सत्तासँग के साटेको ? के को लागि के साटेको ? केसित के साटेको त्यही भएर सत्तासँग टाँसिएको ? आँट रहेछ ? हिम्मत रहेछ ? त्यसैले चर्का कुराको काम छैन ।’

बाँस्कोटाले चितवनका जनताले गल्ती गर्दा अलिपछि फेरि उही कथा दोहोरिने भन्दै विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने बताए ।

उनले भने, ‘बाटो बनाउने, पुल बनाउने एमाले । स्कूल बनाउने एमाले । वृद्धभत्ता, सुत्केरी भत्ता, स्यानिटरी प्याड र हेलिकप्टरबाट सुत्केरीको उद्धार गर्ने एमाले हो भन्ने महिलाले पनि सोच्नुहोला । यदि भत्ता दिने एमाले हो भने सहयोग गर्नुपर्छ ।

नेता बाँस्कोटाले चितवन वामपन्थीहरुको किल्ला र मदन भण्डारीले शाहदत पाएको जिल्लासमेत भएको भन्दै चितवन २ मा वामपन्थी उम्मेदवार राम न्यौपानेमात्र भएकाले माओवादी र नेकपा एसले पनि सहयोग गर्नुपर्ने बताए । वाम एकताको वातावरण बनाउने हो भने अरुको भरिया नबन्न र वामपन्थीको झण्डा बोक्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर