भूटानका कप्तान चेन्चो मछिन्द्र क्लवमा अनुबन्धित (भिडिओ) – Nepal Press

भूटानका कप्तान चेन्चो मछिन्द्र क्लवमा अनुबन्धित (भिडिओ)

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले भूटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ ।

मछिन्द्रले सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै चेन्चोलाई क्लबमा अनुबन्ध गरिएको जनाएको हो ।

मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै भूटानी रोनाल्डोको नामले प्रख्यात चेन्चो लिगको छैटौं चरणमा मछिन्द्रको जर्सीमा देखिनेछन् ।

चेन्चोले हालै भारतको आईलिग क्लब पञ्जाब एफसीबाट खेलेका थिए । पञ्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ ।

चेन्चो प्रधानमन्त्री थ्री नेसन्स कपपछि नेपालमै रहेका छन् । थ्री नेसन्सपछि चेन्चोले मछिन्द्रको टोलीमा प्रशिक्षण सुरु गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *