बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु
नेपाल प्रेस
२०७९ चैत २२ गते २०:४०
कैलाली । बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-३ धौंकुचेकी ७५ वर्षीया गौरा नाथको जीपको ठक्करले मृत्यु भएको हो ।
सु प प्र ०१००१ ज १२९४ नम्बरको जिपले नाथलाई गोकुलेश्वर–गन्ना सडक खण्ड अन्तर्गत धौंकुचेमा ठक्कर दिएको थियो । ठक्कबाट नाथको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर