हनुमान जयन्तीका शोभायात्रीलाई मुस्लिम युवाले फूलमालासहित गरे स्वागत – Nepal Press

हनुमान जयन्तीका शोभायात्रीलाई मुस्लिम युवाले फूलमालासहित गरे स्वागत

जनकपुरधाम । धार्मिक नगरी जनकपुरधाममा बिग्रिन लागेको सामाजिक सद्भाव कायम गर्न केहि मुस्लिम युवाहरु सक्रिय बनेका छन् ।

सामाजिक सद्भाव कायम राख्ने खट्ने युवाहरुको नेतृत्व जानी खान मधेसीले गरिरहेका छन् । उनी नेकपा एमालेका युवा नेता हुन् । उनी हिन्दुको हरेक धार्मिक कार्य होस् वा पर्व तिहार, सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्छन् ।

उनको चाहना छ, ‘जनकपुरधाममा जहिल्यै हिन्दु- मुस्लिमको सद्भाव कायम रहोस् ।’ तर उनी यो मामलामा संवेदनशील देखिन्छन् । र, हिन्दु– मुस्लिमबीच कुनै लफडा हुन लागे तत्कालै समानधान गर्न चाहन्छन् ।

रामनवमीका दिन केहि युवाले शोभायात्राको नाममा जानकी मन्दिर पछाडी रहेको जामे मस्जिद अगाडी उछृंखल गतिविधि गरे । सो दिन त्यहाँ अवस्था बिग्रिने सम्भावना थियो । तर मस्जिद नजिकै घर भएका जानी खान आफ्नो समुदायलाई सम्हाले र सम्भावित घटना टर्यो ।

उक्त घटनालाई लिएर हिन्दु र मुस्लिम अगुवाहरुबीच जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अगुवाईमा छलफल भयो । छलफलमा दुवै समुदायका अगुवाहरु सामाजिक सद्भाव कायम राख्न अगामी दिनमा कुनै पनि कार्यक्रम प्रशासनको अनुमती लिएर मात्र गर्ने सहमती बन्यो ।

विगतको मनमोटाव अन्त्य भएको सन्देश दिन दुबै समुदायले संयुक्त रुपमा सद्भाव र्याली समेत निकाल्यो । यसमा पनि जानी खानले भूमिका खेलेका थिए । उनकै सक्रियतामा आज हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा सहभागीहरुलाई मुस्लिम यूवाहरु स्वागत गरेका छन् ।

जानकी मन्दिर परिसरबाट हिन्दु र साधुसन्तहरु हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकालेको थियो । उक्त शोभायात्रामा सहभागी हिन्दु यूवा र साधुसन्तलाई मुस्लिम यूवाहरु फूलमालाले स्वागत गरे ।

हिन्दू– मुस्लिमबीच भाईचारा तथा सद्भाव कायम गर्न हनुमान जयन्तीको शोभायात्रीहरुलाई स्वागत गरेको यूवा नेता जानी खान बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर