बलात्कारको आरोपमा ओखलढुंगामा ६० वर्षीय वृद्ध पक्राउ
नेपाल प्रेस
२०७९ चैत २६ गते ८:३५
ओखलढुङ्गा । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० वर्षीय गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार एक २४ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन ।
पक्राउ परेका कटुवालमाथि सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर