उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Nepal Press

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर । ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ । आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे. १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।

सो घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर