चुम्बनको कारण विवादमा फसे दलाई लामा, मागे माफी
काठमाडौं । विश्व प्रसिद्ध तिब्बती धर्म गुरु दलाई लामा चुम्बनको कारण विवादमा फसेका छन् । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् ।
सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई आफ्नो जिब्रो चुस्न लगाउँछन् । उनको यो व्यवहार अस्वाभाविक र घीनलाग्दो भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
आलोचना बढेसँगै लामाले उक्त घटनाप्रति माफी मागेका छन् ।
‘हालैको भेटघाटको एक भिडिओ सार्वजनिक भएको छ । बालकले मलाई अंगालो दिन सक्नुहुन्छ भनी सोधेका थिए । म बालक, उनका परिवार साथै उनका साथीहरुसँग मैले निम्त्याएको चोटका लागि माफी माग्न चाहन्छु । मैले प्रायः सार्वजनिक रुपमै क्यामराको अगाडि नै निर्दोष मानिसहरुलाई जिस्काउने गर्छु । म यो घटनाप्रति माफी माग्न चाहन्छु’, उनले भनेका छन् ।
This is unbecoming and no one should justify this I’ll-conduct of @DalaiLama pic.twitter.com/ASdiooYpXb
— Deepika Pushkar Nath (@DeepikaSRajawat) April 9, 2023