अडिओ प्रकरणमा विराजभक्त श्रेष्ठ भन्छन्- ‘कोर टीम’को विषयले पार्टीमा गम्भिर प्रश्न उठायो – Nepal Press

अडिओ प्रकरणमा विराजभक्त श्रेष्ठ भन्छन्- ‘कोर टीम’को विषयले पार्टीमा गम्भिर प्रश्न उठायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणलाई पार्टीले गम्भिर रुपमा लिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा उनले छानविनका लागि पार्टीले निलम्बिन गरेर प्रक्रिया थालिसकेको बताए ।
उनले भने, ‘पुरानो दलमा आएको भए यो नियमित लिनुभएको थियो। तर, केही गर्छु भनेर आएको दलमा यो कुरा आउँछ चिन्ताको बिषय हो ।’

उनले अस्तिको मन्त्रीमण्डल गठन पनि लेनदेन हो कि भन्ने प्रश्न आफूहरुमा पनि तेर्सिएको बताए । उनले संसदमा अन्य दलले पनि चिन्ताको विषय भएको बताए ।

उनले भने, ‘राजनीति के कस्तो हो भन्ने हामी सबैलाई थाहा छ। कतिपय राजनीति फोहोर छ भनेर नै आउन चाहेका छैनन् । उपनिर्वाचन हानी गर्छ गर्दैन भन्ने यो खेल हो । त्यसैले हामीले यो फोहोरि राजनीनि भन्दा बाहिर रहन चाहेका छौं ।’

अडिओ संवाद भएको पार्टी सभापति वरपरको कोर टीमको बारेमा चर्चा छ ।

त्यसमा तपाईंहरुको ध्यान जान्छ कि जाँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले जे चिज अगाडि भएको छ । त्यो भन्दापनि गम्भिर बिषय त्यो लागिरहेको छ । अहिले हाम्रो केन्द्रिय समिति र संसदीय दल बेग्लाबेग्लै छ । त्यो बैठकमा हामीले यो प्रश्न त राख्छौं । हामी त आशा र भरोसा गरेर आएका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर