अनि मुकुन्दहरू रुन्छन्, हामी तिनका आँसु पुछिदिन्छौं
मुकुन्द न्यौपानेले नेकपा एकीकृत समाजवादी परित्याग गरेको तीन दिनपछि झापा विद्रोहका नेता नरेश खरेलले एमाले परित्याग गरे । मुकुन्दले पार्टी परित्याग गर्दा भनेका थिए, अझै एकतिहाइ साथीहरु एमालेमा आउँदैछन् ।
तर, तीन दिनपछि नै ठीक उल्टो समाचार सुनिएको छ । एमालेमा कोही फर्किएनन् । बरु एमालेबाट एकजना ‘भेट्रान’ बाहिरिए ।
मंसिर ४ को चुनावअघि एमाले त्यागेका घनश्याम भुसाल एकीकृत समाजवादीका महासचिव छन् । एमालेले ‘आफ्नो’ नभन्ने भीम रावलले के गर्छन्, हेर्दै जाउँला । तर, मुकुन्दको दाबीअनुसार एकतिहाइ समाजवादीहरु एमाले हुन तयार छन् भन्ने कुरा तथ्यसँग मेल खाँदैन ।
अहिले नेकपा एमाले कहाँ छ ? कुन स्थितिबीच अगाडि बढ्दैछ ? त्यहाँ भएका नेता–कार्यकर्ताका मूल्य, मान्यता र अस्तित्वमाथि कति न्याय मिलेको छ ?
यी तीन प्रश्नको जवाफ मुकुन्द न्यौपानेहरुसँग छैन । लामो समयदेखि पार्टी र पार्टी नेतृत्वविरुद्ध राजनीतिक जीवन खपत गरिरहेका मुकुन्दलाई पार्टीले स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी गरेपछि पार्टी नै परित्याग गरे । एक वर्षसम्म पार्टीका लागि ‘सिन्को भाँच्ने’ काम गरेनन् । बरु पार्टीलाई ‘सिन्को’ जति पनि ठानेनन् । उल्टै झलनाथ खनाल ‘सम्मानित नेता’ पाए एमाले फर्किने भन्दै पार्टी छाडेका छन् ।
उनले आफूलाई पद चाहिएको हैन भनेका छन् । २०७८ भदौमा नयाँ बानेश्वरबाट पार्टी पदाधिकारी घोषणा गर्ने दिन मेरै हातले टाइप गरेर ‘उपाध्यक्ष’ मा रहेको उनको नामका अगाडि उपाध्यक्ष काटेर ‘नेता’ लेख्ने मैं हुँ ।
उनले आफूलाई पद चाहिएको हैन भनेका छन् । २०७८ भदौमा नयाँ बानेश्वरबाट पार्टी पदाधिकारी घोषणा गर्ने दिन मेरै हातले टाइप गरेर ‘उपाध्यक्ष’ मा रहेको उनको नामका अगाडि उपाध्यक्ष काटेर ‘नेता’ लेख्ने मैं हुँ । किन त्यसो भयो ? किनकि उनलाई ‘उपरीमाथि थुपरी’ भनेजस्तो माधव, झलनाथको हाराहारीकै पद चाहिएको थियो । ‘नेता’ लेखेर माधव नेपाललाई देखाउँदा र उनले ‘हुन्छ’ भन्दा अरु थुप्रै नेता रिसाए । आज ‘पदका लागि हैन’ भन्न उनलाई लाज भएन ।
माधव नेपाल, झलनाथ खनालहरु, जसले आफैंले बनाएको एमालेबाट विद्रोह गरे । विद्रोह गर्ने ठाउँमा उनीहरु कसरी पुगे भन्ने कुरालाई सम्झिनेहरुले पद वा प्रतिष्ठा पाएकै नाममा एमाले फर्किन्छन् भन्दैनन् । किनभने विद्रोहका निश्चित कारण थिए, आधार थिए । ती कारण र आधारको समाधान पनि छ । तर, केपी ओली त्यसका निम्ति तयार छैनन् । जुन दिनसम्म ओली पार्टी विभाजन हुने हदसम्मका आफ्ना गतिविधिको समीक्षा गर्न तयार हुँदैनन्, कम्तिमा त्यो दिनसम्म विद्रोहीहरु एमालेमा फर्किंदैनन् । पद पाएकै नाममा वा कुनै नामको सम्मान दिइएकै बहानामा आजको मितिमा माधव नेपाल र झलनाथ खनाल एमाले फर्किएछन् भने पनि तिनका कार्यकर्ता एमाले हुन तयार छैनन्, हुँदैनन् ।
एमाले नेपाली कम्युनिष्ट आन्दोलनको एउटा ठूलो विरासत थियो । इतिहास थियो, आदर्श थियो । त्यसले समाजको रुपान्तरणकारी वा आमूल परिवर्तनकारी लक्ष्य बोकेको थियो । तर, पार्टीको नवौं महाधिवेशनदेखि ती सबै इतिहास, आदर्श र उद्देश्यहरु क्रमशः विघठित हुँदै गए । त्यो श्रृंखला २०७७ पुस ५ मा पुग्दा पूर्णतः क्षतविक्षत भयो । फागुन २७ मा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदियो । पूर्ववत एमाले र माओवादी केन्द्रका नाममा एकीकृत पार्टीलाई अलग्यायो ।
जुन दिनसम्म ओली पार्टी विभाजन हुने हदसम्मका आफ्ना गतिविधिको समीक्षा गर्न तयार हुँदैनन्, कम्तिमा त्यो दिनसम्म विद्रोहीहरु एमालेमा फर्किंदैनन् । पद पाएकै नाममा वा कुनै नामको सम्मान दिइएकै बहानामा आजको मितिमा माधव नेपाल र झलनाथ खनाल एमाले फर्किएछन् भने पनि तिनका कार्यकर्ता एमाले हुन तयार छैनन्, हुँदैनन् ।
त्यसपछि एमाले भएरै अन्तरसंघर्षमा लाग्ने भनी माधव नेपालहरु पेरिसडाँडाबाट बिदा भए । तर, एमालेका नाममा उनीहरुलाई ‘रेस्पोन्स’ गरिएनमात्रै हैन, आउलान् र पुरानै ठाउँमा बस्लान् भनेर महासचिवबाहेकका पदाधिकारी विघटन गरियो । यसरी ओलीद्वारा फागुनमा लखेटिए पनि पार्टी फुटिहालेन । चैतमा राष्ट्रिय भेला भयो । ‘पार्टी फुटाइहालौं’ भन्ने स्वर चर्को थियो । तर, ती नै माधव नेपाल थिए, जसले ‘अझै लडौं, नथाकौं, एमाले हाम्रो हो, हामीले बनाएको हो, त्यत्तिकै फुटाइहाल्ने काम नगरौं’ भनेर थम्थम्याउँदा थम्थम्याउँदै अर्को वर्षको भदौ २ गते बल्ल निर्वाचन आयोगमा नयाँ पार्टी लिएर जाने दिन आयो ।
अर्थात् केपी ओलीको व्यक्तिवाद, अहंकार र विसर्जनकारी भूमिका, गतिविधि र अभिव्यक्ति पार्टी विभाजनको मुख्य कारण हो । उनको व्यक्तिवादी अहंकारले एमाले राजनीतिक र सैद्धान्तिक रुपमा विघठित भइसकेको थियो, छ । आजको एमाले सिद्धान्तहीन, कार्यक्रमहीन र संगठित पहलकदमीबाट मुक्त एउटा झुण्डमात्रै हो । त्यहाँ विचारमाथि बहस हुँदैन । नीति र कार्यक्रममाथि बहस हुँदैन । जब कसैले विचार ल्याउन खोज्छ, ऊ निषेधमा पर्छ । केपी ओलीभन्दा ‘ठूलो’ हुने अधिकार कसैसँग छैन । उनीभन्दा ‘जान्ने’ हुने छुट कोहीसँग छैन । उनले भनेभन्दा दायाँबायाँ गर्ने अधिकार छैन, गरिहाले बाटो लगाइन्छ- घनश्याम भुसालहरुलाई जसरी नै ।
एमाले विभाजित हुनु, एकीकृत समाजवादी गठन हुनुको कारण, आधार यही हो । र, अहिल्यै यही स्थितिमा एकता हुनसक्ने, एमालेमा फर्किहाल्न नसकिने सम्पूर्ण कारण पनि यही एउटा अनुच्छेदले बोल्छ । यति कुरा मुकुन्द न्यौपानेहरुले बिर्सिए, उनी एमाले भए । जसले ती कुरा सम्झिन्छ, त्यो चेतना र सजगता पाल्छ- त्यो एमालेमा फर्किंदैन ।
योगेश भट्टराईले कतै भनेका छन्, ‘माधव नेपालको पार्टीको सिद्धान्त के हो ? केही छैन ।’ ‘ठूलो पार्टी, धेरै भाग’ भनेर ‘खान हिँडेका’ मान्छे सिद्धान्तप्रति अन्धो हुन्छन् भनेको यही हो । माधव नेपालको पार्टीको सिद्धान्त त्यही हो, जुन एमालेमा विघठित भयो, विसर्जित भयो । माधव नेपालको पार्टीमा ‘आदेश’ वा ‘हुकुम’ चल्दैन । निर्णयका प्रक्रिया छन्, छलफल हुन्छन्, बहस हुन्छन्, अनि निष्कर्षमा पुगिन्छ ।
आजको एमाले सिद्धान्तहीन, कार्यक्रमहीन र संगठित पहलकदमीबाट मुक्त एउटा झुण्डमात्रै हो । त्यहाँ विचारमाथि बहस हुँदैन । नीति र कार्यक्रममाथि बहस हुँदैन । जब कसैले विचार ल्याउन खोज्छ, ऊ निषेधमा पर्छ । केपी ओलीभन्दा ‘ठूलो’ हुने अधिकार कसैसँग छैन ।
के आजको एमालेमा कुनै पनि विषयमा छलफल, बहस हुन्छ ? हुँदैन । ‘बा’ को आदेशमा चलेको हैन ? तर, त्यही कुरा हिजो एमालेमा हुन्थ्यो । माधव नेपालको पार्टीको सिद्धान्त खोज्नेहरुले यही कुरा बुझे हुन्छ । उनको पार्टीमा ‘धेरै भाग’ खाने मान्छेहरु छैनन् । ‘विद्रोह हो, यसमा दुःख छ’ भनेर दुःख खेप्न तयार भएको पंक्तिले आज पार्टी निर्माण गर्दैछ । निर्माण भइसकेको छैन । त्यसैले त्यो पंक्ति त्यत्तिकै, कसैको दया–मायामा परेर एमाले भइहाल्छ भन्ने ‘मुकुन्द वाणी’ घीनलाग्दो छ ।
‘सौराहा काण्ड’ अर्थात् दशौं महाधिवेशनका घटनाले भन्छ, एमाले ओलीको निजी स्वामित्वको कुनै झुण्ड हो । त्यसपछि विभिन्न जनसंगठनका अधिवेशन भए । नेतृत्वहरु कसरी छानिए ? भर्खरै खेलकुद महासंघको महाधिवेशनका नाममा विराटनगर पुगेका खेलाडीहरु के भन्दै फर्किए ? एउटालाई अध्यक्ष घोषणा गरिदिएर, बाँकी सबलाई बाटो लाग भनियो । अनि बालकोटमा केन्द्रीय कमिटीको सूची तयार पारेर सामाजिक सञ्जालबाट घोषणा गरिएको हैन ? संगठनपिच्छेका कुरा गर्दा लामो हुन्छ । यसरी नै सबैतिर, सबै ठाउँमा मतियार भेला पार्ने, कार्यकर्ता चिढ्याउने कामको नाम एमाले बनेको छ ।
त्यसैले हिजो घनश्याम भुसाल, आज नरेश खरेल, भोलि अर्का, पर्सि झन् अर्कै गरेर कम्युनिष्ट आन्दोलनका वैचारिक र जनप्रिय हस्ती एकीकृत समाजवादीमा जम्मा हुँदैछन् । एमालेमा अझै पनि घनश्याम, नरेश खरेल जस्ता हजारौं मानिस बाँकी छन् । उनीहरु भूमिकाका दृष्टिले, सम्मान र व्यवहारमा अपहेलित छन्, उपेक्षित छन् । बीच-बीचमा फर्किएर गएकाहरुको त झन् बेहाल छ ।
कमरेड मुकुन्द न्यौपाने, तपाईं हेर्दै जानुस्, हामी पनि हेरिहरन्छौं- एकीकृत समाजवादी सशक्त र सुदृढ पार्टी बनेका दिन तपाईं रुनुहुन्छ, हामी तपाईंका आँसु पुछिरहेका हुन्छौं ।
(सुवेदी समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष हुन् ।)
मनको लड्डु घ्यु सँग खान पाइन्छ।
भाइ यो अपराध पुर्ण दलाली पत्रकारिता गरेर परिवार को र आफ्नो पेट त भरौला तर तिमि जस्ता कथित पत्रकार ले गलत सुचना दिएर र मनगढन्ते लेख लेखेर देश र जनता माथि गद्दारी नगर ।
Nonsence articale…….ma ku ne ko khalasi ….
अत्यन्तै राम्रो लेख।
ओलि सगै एमाले सकिन्छ।
ल ल माकुने ले अझै केहि गर्छ गर्छ केटा हो, खतरा पार्टी बनाएको छ माकुनेहरुको गुटहरुले.
यस्ता मतिले देश र बिदेशमा समेत श्रमिक र श्रमजीबि मेहनतकसहरुकाे सुन्दर सपना मर्ने अवस्था जनताले देख्दैछ आगामी पुस्ताले धकार्ने मार्गमा नलागोस् । जयहाेस् ।
सच्चा वामपन्थी नेता तथा कार्यकर्ताहरूले बुझ्नुपर्छ, माधव झलनाथ र प्रचण्ड अर्थात माझण्डहरू नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउन दक्षिणपन्थीहरूले प्रयोग गरेका पात्र हुन्।त्यसैले त दक्षिणपन्थी दलको उम्मेदवारलाई समर्थन गर्दै बारा २ चितवन २ र तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवारी दिएनन्।