चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैंडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैंडा मृत भेटिएको छ ।
निकुञ्जको अमलटारी सेक्टरमा पर्ने मर्दी घोलस्थित नारायणी नदीको भङ्गालो बनेको क्षेत्रमा एउटा गैंडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ ।
त्यस्तै निकुञ्जभित्रकै मध्यवर्ती क्षेत्रमा पर्ने काँसघारीमा बच्चा गैंडा (केटो) मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिऐ ।
बगही माडी सेक्टरमा पर्ने रिउ खोलाको दक्षिण किनारमा मृत अवस्थामा भेटिएको सो बच्चा गैंडा बाघको आक्रमणमा परी मरेको हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै अमलटारी सेक्टरको मर्दी घोलमा मृत भेटिएको गैंडा आपसमा जुधेर मरेको हुन सक्ने निकुञ्जको अनुमान छ ।