जारी रिलिजअघि उपेन्द्र सुब्बाको चिन्ता : कति गाली खाइने हो कुन्नि !
‘नकारात्मक प्रतिक्रिया सुन्नै सक्दिनँ, सल्यातसुलुत्तै हुन्छु’
कवि, लेखक, तथा निर्देशक उपेन्द्र सुब्बाको ‘जारी’ फिल्म यही शुक्रवारबाट देशैभर प्रदर्शन हुँदै छ । ‘कबड्डी’ सिरिजमा पटकथाकार र ‘झाँक्री’को रूपमा अभिनय गरेर चर्चामा आएका सुब्बाको यो डेब्यु निर्देशन हो । दयाहाङ राई, मिरुना मगर लगायत कलाकारको अभिनय रहेको ‘जारी’ले मल्टीप्लेक्समा ७० बढी शोज पाएको छ ।
‘जारी’लाई लिएर आफू उत्साहित भएको र दर्शकको अपेक्षा पूरा हुने हो वा नहुने हो भनेर संशय पनि पैदा भइरहेको निर्देशक सुब्बाको भनाइ छ । उनै सुब्बासँग प्रदर्शनको संघारमा रहेको ‘जारी’माथि गरिएको कुराकानीको सम्पादित अंश :
निर्देशक बनेर फिल्मका दुई सय वरिपरिको टिमको नेतृत्व गर्नु, तिनलाई व्यवस्थापन गर्नु अनि फिल्म बनाउनु । कतिको चुनौती हुँदो रहेछ ?
म लेखक भएर हो कि के हो, फिल्म लेख्दा मात्रै रमाइलो भयो । त्यसपछि फिल्मका तयारी गर्दा, कास्टिङदेखि फाइनान्स, सेट व्यवस्थापन, एडिटिङ, साउण्ड इत्यादि कुराहरूले निकै तनाव हुँदो रहेछ । झनै प्रदर्शन हुने वेला हल नपाइएला कि भन्ने तनाव । हल पायो, शोज नपाइएला कि भन्ने तनाव । शोज पायो, दर्शक नपाइएला कि भन्ने तनाव । दर्शक पायो, अब दर्शकको अपेक्षा पूरा हो कि नहोला भन्ने तनाव ।
तनाव अर्कै लेभलको हुँदो रहेछ । तनावबारे भनिसाध्ये छैन ।यो किसिमको तनावको काम जीवनमा मैले गरेको थिएन । म त कविता लेख्ने मान्छे । कविता हामी अहम्ले लेख्छौँ । लजिकले पेलेर लेख्छौँ । कुनै पाठकले मन पराओस् कि नपराओस्, मतलब नगरी लेख्छौँ । तर, फिल्ममा त दर्शकले रुचाइदेओस् पनि भन्दै आफ्नो कुरा भन्नुपर्छ । यसले तनाव बढाउँदो रहेछ ।
कवि, लेखक हुनुभयो । पटकथाकार हुनुभयो । हात हालेका सबै क्षेत्रमा जम्नुभयो । अब निर्देशकको रूपमा पनि आउँदै हुनुहुन्छ । निर्देशक भएरै गरिखाने आत्मविश्वास पनि पलाएको होला नि ?
फिल्म बनाउन सक्छु भन्ने त आत्मविश्वास छ । यो क्षेत्रमा केही नयाँ गर्न सक्छु भन्ने मसँग आत्मविश्वास छ । तर, निर्देशन गरेरै खान्छु भनेर आजको दिनसम्म सोचेको छैन (हाँसो) । भोलिको दिनमा बन्दै जाला । फिल्ममा केही नयाँ स्वादमा अलि गुणस्तरीय रूपमा काम गर्न सक्छु भन्ने विश्वास त ममा छ ।
कविता, कथा त एक्लै बसेर लेख्ने हो । फिल्ममा त धेरै मान्छेको श्रम र पसिना जोडिएको हुन्छ । ती सबैलाई जम्मा गरेर चाहजस्तो काम निकाल्न कत्तिको चुनौती हुने रहेछ ?
आफ्नो सृजना त लेखुन्जेल हो । त्यसपछि कलाकारको नाम निकाल्न सक्नुपर्यो । क्यामेराम्यानलाई यस्तो फ्रेम भनेर काम निकाल्न सक्नुपर्यो । आफूलाई चाहिएको संगीत दोस्रो मान्छेसँग माग्नुपर्यो । आफूलाई काम सिध्याउन हतार हुन्छ, तर अरूसँग भर पर्नुपर्यो ।
म कम बोल्ने स्वभावको मान्छे । धेरै मान्छेलाई विश्वास गरिहाल्ने स्वभाव छ । तर, यस्तो स्वभावले पनि तनाव दिँदो रहेछ । तैपनि सबै साथीभाइले रातभर नसुती मिहेनत गरेका छन् फिल्ममा । ‘जारी’ मेरो एकल प्रयासले सम्भव हुने चिजै होइन । सबैको इफोर्टले सम्भव भएको हो । जस लिने सुविधा वा सुलभता चाहिँ निर्देशकसँग हुँदो रहेछ । निर्देशकको कल्पना वा सपना धेरैको मिहेनतले बनेको हुने रहेछ ।
कतिपय मेकरको गुनासो सुनिन्छ, सिने क्षेत्रमा दक्ष म्यानपावर छैन । तपाईँले देखेको म्यानपावर चाहिँ कतिको दक्ष छ ?
धेरैले राम्रो कोसिस गर्छन् । हरेक क्षेत्रबाट राम्रो गर्ने कोसिस सबैको रहन्छ । तर, सबैको कोसिस सफल बन्दैन । कोसिसले मात्रै सफल बनिँदैन पनि । कति कमजोरी होला, तर थोरै मिहेनत गर्ने हो भने काम गर्न सकिन्छ । हाम्रो मिहनेत अलि पुगेन कि जस्तो लाग्ने । अनि अन्तिम समयमा आएर मात्रै राति राति हतार हतार हरर काम गर्ने हाम्रो बानी छ । योभन्दा अलि राम्रोसँग समय दिएर काम गर्न पाए नसकिने भन्ने नै हुँदैन ।
अन्तिम समयमा आएर हतार हतार लतरपतर काम गर्नुपर्ने, अरुबेला चाहिँ चैनले बस्नुपर्ने किन हो र ?
एउटा त राम्रो मान्छेसँग काम गरौँ भन्ने हुन्छ । तर राम्रो मान्छेसँग प्रोजेक्ट धेरै हुने रहेछ । एउटा सिध्याएर अर्को गर्दा रहेछन् । कतिपय अवस्थामा बीचबीचमा समय चोरेर अर्कोको काम पनि गर्दा रहेछन् । त्यसैले पनि होला, अन्तिम समयमा आएर हतार हुने ।
यतिखेर त मनाङ, तिलिचोतिर घुम्दै बसूँ लाग्छ । फिल्म सकिएपछि टाढा कतै भाग्न मन लागेको थियो । तर, भाग्न नसकेर हैरान छु । राम्रो पनि र नराम्रो प्रतिक्रिया पनि सुन्नै नपरोस् लाग्छ । सबै बिर्सेर एकछिन बसूँ लाग्छ । कहाँ जाऊँ कहाँ जाऊँ लाग्छ । आज राति दुई घण्टा पनि सुतेको छैन ।
प्राविधिक साथीहरू भन्नुहुन्छ, वर्षमा तिम्रो मात्रै काम गर्छु । मागेको पैसा देऊ । यो कुरा मननिय हो । विदेशी प्राविधिकलाई दिने जत्तिको पैसा दिए काम गर्छौँ भन्नुहुन्छ । यो कुरा त जायज हो, हामीले गम्भीर भएर सोच्नुपर्छ । अन्तिममा हतार हुने पनि यस्तै कारण त हो ।
सुरुवातमा ‘जारी’ लिएर जे कल्पना गर्नुभएको थियो, अहिले प्रदर्शनको संघारमा आइपुग्दा त्यस्तै बनेको छ कि फरक ?
कल्पना गरे जत्तिको कविता लेख्न सकिन्न । तर, सीमाहरूलाई स्वीकार गरेर यति भए गाली खान्नँ होला भनेर काम गरिन्छ । पूरै सन्तुष्ट हुने भन्ने त हुँदैन । थोरबहुत फरक त परिहाल्छ ।
‘जारी’को ट्रेलरमा केही शब्दहरू छन्, जसलाई विप गर्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा भने त्यस्ता शब्द कुनै समुदायको संस्कृतिसँग जोडिएकाले जायज पनि हुन्छ भनिन्छ । त्यसो हो र ?
‘जारी’का त्यस्ता शब्दहरू विप गरिएका छन् । सेन्सरले भनेपछि गरिएको हो । हामी सांस्कृतिक सौन्दर्यको तहबाट कुनै शब्दलाई बुझ्ने अवस्थामा छैनौँ । ‘जा..’को अर्थलाई मेरो समुदायमा खराब भनेर बुझिँदैन । मुला, नाथे भनेजस्तो हो । हामी ‘जा..’ दाजु’ भन्छौँ । त्यसरी बोल्नु भनेको प्यारो दाइ भनिएको हो । शब्दका अनेक अर्थ लाग्छन् । रिसाएर र हाँसेर भन्दा एकै शब्दको फरक अर्थ लाग्छ ।
‘जा..’ शब्द नेपालीमा गलत अर्थ लाग्छ भन्दै गर्दा नेपाली शब्द ‘हिरा’ भनेको लिम्बु समुदायमा झनै गलत अर्थ लाग्छ । हिरा भनेको योनी भनिएको हो । शब्दको अर्थ र सौन्दर्य समुदायपिच्छे फरक हुन्छन् । तर, राज्यले बनाएको नियमभन्दा बाहिर जाने कुरा हुँदैन । त्यसैले विप गरिएको छ । तर्क गर्ने ठाउँ चाहिँ प्रशस्त छन् ।
‘जा..’ शब्द नेपालीमा गलत अर्थ लाग्छ भन्दै गर्दा नेपाली शब्द ‘हिरा’ भनेको लिम्बु समुदायमा झनै गलत अर्थ लाग्छ । हिरा भनेको योनी भनिएको हो । शब्दको अर्थ र सौन्दर्य समुदायपिच्छे फरक हुन्छन् । तर, राज्यले बनाएको नियमभन्दा बाहिर जाने कुरा हुँदैन । त्यसैले विप गरिएको छ । तर्क गर्ने ठाउँ चाहिँ प्रशस्त छन् ।
लिम्बु होस् या आदिवासी, प्रायजसो उनीहरूको लवजलाई हाँस्यरसको रूपमा मात्रै प्रयोग गरिएको पाइन्छ । तपाईँले चाहिँ लिम्बु समुदायकै फिल्म बनाउँदै गर्दा हाँस्यरस र मनोरञ्जन मात्रै छ कि अन्य पाटो पनि खोतल्नु भएको छ ?
मैले चाहिँ सुन्दर कथा मनोरञ्जनका साथ भन्छु भनेर कोसिस गरेको छु । त्यो कोसिस कति सफल छ, मलाई थाहा छैन । दर्शकको अपेक्षा अनुसारको काम छ कि छैन, त्यो पनि मलाई थाहा छैन । सबैभन्दा ठूलो डर त्यही हुने रहेछ । पैसा तिरेर दर्शक हलभित्र छिरेपछि उसको अपेक्षा पूरा गर्छु कि गर्दिनँ भन्ने ठुलो दबाब हुने रहेछ ।
कति गाली खाइने हो कुन्नि । म त गाली कम खान ? चाउनेमध्येमा पर्छु । कसैले नकारात्मक कुरा गर्दा सालात्तसुलुत्तै हुन्छु । यतिखेर त मनाङ, तिलिचोतिर घुम्दै बसूँ लाग्छ । फिल्म सकिएपछि टाढा कतै भाग्न मन लागेको थियो । तर, भाग्न नसकेर हैरान छु । राम्रो पनि र नराम्रो प्रतिक्रिया पनि सुन्नै नपरोस् लाग्छ । सबै बिर्सेर एक छिन बसूँ लाग्छ । कहाँ जाऊँ कहाँ जाऊँ लाग्छ । आज राति दुई घण्टा पनि सुतेको छैन ।
प्रदर्शन हुने वेला हल नपाइएला कि भन्ने तनाव । हल पायो, शोज नपाइएला कि भन्ने तनाव । शोज पायो, दर्शक नपाइएला कि भन्ने तनाव । दर्शक पायो, अब दर्शकको अपेक्षा पूरा हो कि नहोला भन्ने तनाव ।
अन्त्यमा, ‘कबड्डी’को दयाहाङ र ‘जारी’को दयाहाङमा के फरक छ ? ट्रेलर हेर्दा त स्वभाव उस्तै लाग्छ ?
धेरै नै फरक छ । उसको भित्री स्वभावमा मात्रै होइन, गेटअपमा पनि फरक छ । तर, काजी यति पपुलर भए कि जे गरे पनि दर्शकले काजी नै देख्दा रहेछन् । काजीले मसिनो गरी नयाँ काम गरेका हुन्छन्, त्यो देखिँदैन । कबड्डीको बिकेले पनि नयाँ काम गरिरहेको हुन्छ, तर कबड्डीकै बिके सम्झन्छन् । यस्तो हुनु भनेको एउटा त कलाकारको सफलता हो । तर, यसले बाँकी काममा त असर गर्छ । ‘जारी’ काजीबाट बाहिर निस्कन दयाले मिहिन ढंगले काम भने गरेका छन् ।