सिरहामा मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक घुससहित रंगेहात पक्राउ
नेपाल प्रेस
२०७९ चैत ३० गते १८:५४
जनकपुरधाम । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सचिन भदैसवार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरी सहायक निरीक्षक भदैसवारलाई ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
भदैसवार मुद्दा फाँटमा कार्यरत थिए । एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै इलाका प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको छ ।
सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवालिम्बूले प्रहरी सहायक निरीक्षक भदैसवारलाई अख्तियारको टोलीले पक्राउ गरेको जानकारी पाएको बताए । उनका अनुसार थप विवरण आएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर