यो वर्ष बैबाहिक बन्धनमा बाधिँदैछु: पूजा शर्मा – Nepal Press

यो वर्ष बैबाहिक बन्धनमा बाधिँदैछु: पूजा शर्मा

काठमाडौं । नायिका पूजा शर्माले आफू यो वर्ष बैबाहिक जीवनमा बाँधिने बताएकी छिन् । नयाँ वर्षको अवसरमा काठमाडौंको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले यस्तो बताएकी हुन् ।

पूजाले यो बर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पुरा गर्न तल्लिन रहने बताइन् । पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्दैैछन् । यही महिनाको अन्तिममा रेष्टुरेन्ट तथा होटल उद्घाटन गर्ने पूजाको तयारी छ ।

पूजाले भनिन्,‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिदैछु । यो वर्ष बैबाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’

पूजाले अब कुनै पनि कुरामा सोचेर मात्र बोल्ने बताइन् । आफूले स्पष्ट रुपमा कुनै पनि बिषयमा कुरा राख्दा विवादमा बढी परेको भन्दै उनले कम बोल्ने बताएकी हुन् ।

फेसियल हाउसकी संचालिक सुष्मा महराले नेपाली कला संकृति झल्काउने उद्देश्यले क्यालेन्डर निर्माण गरेको बताइन् । सार्वजनिक क्यालेन्डरमा बर्षभरीका पर्व अनुसारको फोटो समावेश गरिएको छ ।

सुष्माले व्यवसायिकहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै आफूहरु भने राम्रो दिनको प्रतिक्षामा निरन्तर काम गरिरहेको सुनाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *