जसले जनता र कार्यकर्ताको मन जित्छ अब माओवादीमा त्यही नेता बन्छ
संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, वितर्क गरेर यसलाई कसरी असफल पार्न सकिन्छ। कसरी उल्ट्याउन सकिन्छ। यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ। त्यो ठूलै छ। अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यस कारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरूलाई बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन।
हामीले बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने हो, हामीले संघर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्छ। त्यस कारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरुरी छ।
सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने, जनताको आशा अनुसार ऐतिहासिक रूपमा सञ्चालन गर्ने पनि जिम्मेवारी हाम्रो काँधमा छ। त्यही जिम्मेवारी बोध सबैलाई होस् भनेर नै हामीले त्यसलाई योजनाबद्ध गर्ने कुरा सोचिएको हो। अहिले धेरै कुरा भनेर भन्दा पनि बिस्तारै त्यसलाई कार्यान्वयन गर्दै जानुपर्छ।
हामीले चाहेर पनि यसलाई धेरै यान्त्रिक बनाउन सम्भव हुँदैन। सबै कुरा ठ्याक्कै योजनामा सेड्युलअनुसार गर्न सकिँदैन। किनभने सरकारका काम हुन्छन् राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रमण हुन्छ। यो सबैले गर्दा सबै सधैँ नहुन सक्छ। त्यसैले यसलाई यान्त्रिक ढंगले बुझ्ने गल्ती पनि गर्नुहुँदैन।
वस्तुगत आवश्यकता अनुसार त्यसमा थपघट पनि हुनसक्छ। तर, फेरिपनि पार्टीका साथीहरूले भेट्न पाएनौँ भन्ने गुनासोलाई सम्बोधन गर्ने। जनताले पनि नेतृत्व भेट्ने भनेको भयानक र जटिल हुने कुरालाई पनि सहजीकरण गर्ने यसको मूल उद्देश्य हो त्यहाँ छ।
प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो कामको कारणले सबै सेड्युल फलो गर्न नसकेपनि सल्लाहकार, प्रमुख सल्लाहकार र अरु साथीहरूले पनि प्रतिनिधित्व गर्न सकिन्छ। यो कुरा पनि बुझ्न सकिन्छ। कारणवस् प्रधानमन्त्री र उपप्रधानमन्त्री उपस्थित हुन नसक्ने अरूले प्रतिनिधित्व गर्ने गर्छौँ। जस्तो हामीले संसदमा पनि त्यस्तै गरिराख्या हुन्छौँ।
हामी फेरि मेकानिकल भएर पनि हुँदैन। हामीले द्वन्द्ववादी भएरै सोच्नुपर्छ। तर, पनि नयाँ वर्षको सन्दर्भमा एउटा सुरुवात भएको छ। त्यसमा अलि बढी मलाई घच्घच्याउने काम हरिबोलजीले नै गर्नुभएको हो। म उहाँलाई धन्यवाद भन्न चाहन्छु। यसमा कार्यान्वयन गर्ने सन्दर्भमा आवश्यक कला र लचकता पुर्याउनुपर्ने हुन्छ। बिस्तारै गर्दै जाँदा हुन्छ भन्ने मलाई लाग्छ।
सबैले आ–आफ्नो जिम्मेवारी बोध गरौँ। आ–आफ्नो ठाउँबाट पार्टी र सरकारलाई सफल बनाउन पुर्याउन सक्ने योगदान जति हुनसक्छ सबैले पुर्याऔं। त्यो भयो भने ठुलो कुरा हुन्छ।
लेखौँ, बोलौँ। प्रतिक्रान्तिकारी, प्रतिगमनकारी गतिविधिको प्रतिवाद गरौँ हामी सबैले। हामी धेरै कम बोलिरहेका छौँ हामी। धेरै कम बोलेका छौँ। अहिले बाहिर चाहिँ माओवादीहरू धेरै बोल्दैनन् कि हो भन्ने धेरै नै छ बजारमा। यो स्थिति हुन भएन। सबैले बोल्न सकिन्छ नि। सबैले लेख्न सकिन्छ।
दुईचार जना यसो फेसबुकमा लेखेको देखिन्छ। अरू चाहिँ कोही नबोल्ने चुपचाप बसेको जस्तो देखिन्छ। यो हुन भएन। सबै बोल्नुपर्यो। सबैले प्रतिवाद गर्नुपर्यो। हामी सबै बोल्न थाल्यौँ, सबैले आ–आफ्नो भूमिका पुरा गर्न थाल्यौँ भोलेन्टिएर्ली।
मेरो पनि जिम्मेवारी हो गडबड हुन खोज्यो भने त्यसलाई छोडिँदैन भन्ने खालले त्यो स्पिडमा बोल्यौ भने हाम्रो तागत त ठुलो पो छ त। अहिले पनि हाम्रो आन्दोलन, पार्टीको तागत कम भएको होइन। अलिक मुर्जाएको जस्तो भएपछि बिग्रिएको हो।
तर, त्यो विषय समग्र राजनीति, योजना, कार्यक्रमसँग पनि रिलेटेड छ। अब हामी छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी पुनर्निमाणको निम्ति समग्र रूपमा सम्मेलनतर्फ लैजाँदैछौँ। तलैदेखि फेरि सम्मेलन गर्ने, सम्मेलनमा विचार राजनीति र संगठनको बारे पनि नयाँ ढंगले अब चाहिँ नेताहरूबाट समर्थन लिएर नेताहरूको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली अब हामीले बदल्नै पर्ने देखेको छु मैले।
नेतातिर फर्किने, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो हामी। अझै रोएपछि त झन् छिटो गरिदिने यसले पार्टी बनेन। पार्टी जनतातिर गएन, पार्टी कार्यकर्तातिर गएन पार्टी तल गएन, माथि फर्कियो, माथि फर्किदा पार्टी जनताबाट कट्यो, कार्यकर्ताबाट कट्यो, क्रान्तिकारी स्पिडबाट कट्यो।
त्यस कारण यो पटक केन्द्रीय समितिको बैठकमा धेरै भन्दापनि पार्टीलाई सम्मेलनतिर लैजाने, आम रूपमा तलदेखि माथिसम्म र विशेष अधिवेशन हामीले भनेकै छौँ लैजाने। जसले कार्यकर्ता र जनताको मन जित्छ त्यही नेता हुने प्रणालीतिर जाने अब।
अब नेताको मन जितेर नेता हुने सिस्टम बदलेर जनता र कार्यकर्ताको जसले मन जित्छ त्यही नेता बन्ने गरी पार्टीलाई लैजाने विचार छ। तपाईँहरू पनि सोच्नुहोला। त्यो गर्यो भने मात्रै पार्टी बन्छ नत्र अहिलेको परिस्थितिमा पार्टीलाई बनाउन धेरै गाह्रो हुन्छ। पार्टी त हामी सबै मिलेर बनाउनु नै छ। बनाउनुको विकल्प छ छैन। फेरि पार्टी बनाउने कुरा सही विचार, राजनीति, संस्कृति र स्पिडमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुँदैन। त्यो सम्भावना भएको पार्टी पनि यही हो। त्यस कारण आज सुरुआत भएको छ। यसलाई सबैले गम्भीर रूपमा लिऔँ।
अब सरकार जतिसुकै चुनौती भए पनि त्यसलाई सफल पारिछाड्ने सङ्कल्प हामीले लिएका छौँ। त्यसमा सबैको सहयोग र योगदान चाहियो। जोजो कमरेडहरू राजनीति नियुक्तिमा जहाँ जहाँ हुनुहुन्छ। उहाँहरूले आआफ्नो ठाउँमा राम्रो काम गरेर देखाउनुपर्यो। त्यहाँबाट निस्किदा जनता र त्यो संस्थाले धेरै राम्रो गर्न खोजेका थिए भन्ने मात्रै पार्न सक्यौँ भने त्यो ठुलो चिज हुन्छ। त्यसको निम्ति पनि म सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु।
हामी सरकारमा भएका नेता र मन्त्रीहरूले यो पटक राम्रो गर्नेतिरै छौँ, गर्न सकिन्छ। नयाँ वर्षको अवसरमा आजबाट पार्टीलाई फेरि नयाँ संकल्पको साथ नयाँ शिराबाट पार्टी र सरकारलाई सफल पार्ने सङ्कल्प गरौँ।
(शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश)
तिमी बाँचुन्जेल अरूलाई के दिन्थ्यौ ? तिमी पछि पनि तिम्रै छोरी, बुहारीले पाउने हुन् ।