आर्थिक रूपमा युक्रेन देश नै रहेन, पश्चिमले पैसा दिन छोडे युद्ध रोकिन्छ : हंगेरी प्रधानमन्त्री – Nepal Press

आर्थिक रूपमा युक्रेन देश नै रहेन, पश्चिमले पैसा दिन छोडे युद्ध रोकिन्छ : हंगेरी प्रधानमन्त्री

काठमाडौं । युक्रेन-युद्धमा युक्रेनलाई हतियार र आर्थिक सहयोग नगरेर कूटनीतिक माध्यमले समस्या हल गर्नुपर्ने तर्क गर्दै आएका हङगेरीका प्रधानमन्त्री भिक्टर ओर्भानले युक्रेन आर्थिक रूपमा देश नै नभएको बताएका छन् ।

आर्थिक रूपमा क्षतविक्षित भएको युक्रेनको तलबदेखि पेन्सन हुँदै स्वास्थ सेवाहरु सबै युरोपेली संघले तिरेको भन्दै ओर्भानले यस्तो बताएका हुन् ।

‘वास्तबमा आर्थिक आधारमा युक्रेन देश नै रहेन’, ओर्भानले भनेका छन्, ‘युरोपेली संघले सधैं युक्रेनलाई पैसा दिनेछैन ।’

शुक्रबार कोसुत रेडियोसगको अन्तर्वार्तामा ओर्भानले यस्तो बताएका हुन् । युरोपेली संघको सदस्य देश हङगेरीका प्रधानमन्त्री ओर्भान अरु युरोपेली देशले जस्तो युक्रेनलाई हालहतियार सहयोग गरिरहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर