अभिनेता विजय बराललाई पुत्रलाभ
काठमाडौं । हलमा प्रदर्शन भइरहेको चलचित्र ‘जारी’मा मंगल सिंहका पात्र निभाएका अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिला खनालले आइतबार काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिए की हुन् ।
पुत्रलाभ भएपछि बरालले आफ्नो सामाजिक सञ्जालमा खुशी साट्दै स्टाट्स लेखेका छन् । उनले लेखेका छन, ‘दुःख लुकाउनु, खुशी साट्नु भन्छन् । त्यस्तै केही गरियो । घरमा नयाँ सदस्यको आगमन ।’
तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिला विवाह बन्धनमा बाँधिएका थिए । चलचित्र ‘कबड्डी’मा बिकेको पात्रले परिचित बरालले पशुपतिप्रसाद, कबड्डी कबड्डी कबड्डी, मिस्टर झोलेलगायतका चर्चित चलचित्रहरुमा काम गरेका छन् ।