सांसदहरुले हाटा कसेपछि बैठक सकिएपछि मात्रै हाजिरको व्यवस्था मिलाउन माग (भिडिओ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हाजिर गरेर हिँड्ने प्रवृत्तिको विरोध जनाएका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘संसदको एउटा बैठक सञ्चालन गर्न लाखौं खर्च हुन्छ। यहाँ थिति बसाल्ने बहस चल्छ । यो चार महिनामा आश्चर्य चकित भएको छु । गत २९ गतेको बैठकमा हाजिर गर्ने १६२ जना हुनुहुन्थ्यो । बेलुका जम्मा ६१ जना । यसलाई चलनचल्तीको भाषामा हाजिर गरेर टाप कस्ने भन्दो रहेछ ।’
लोकतन्त्र, संसदीय गरिमाको कुरा भाषण गर्नेले संसदमा हाजिर गरेर हिँड्नाले समाजमा कस्तो सन्देश जान्छ भन्दै उनले प्रश्न गरे । उनले भने, ‘म सदनलाई आग्रह गर्न चाहन्छु बेलुका बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरियोस् । म बैठक सकिएपछि मात्रै हाजिर गर्ने घोषणा गर्छु ।’