रवि लामिछानेले माफी माग्दै भने- रास्वपालाई माया गर्नुहुन्छ भने कसैलाई गालीगलोज नगर्नुस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माफी मागेका छन् । तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना पार्टीका समर्थकहरुले सामाजिक सञ्जालमा गरेको गालीगलोजप्रति आफ्नो कुनै निर्देशन नभएको बताए ।
उनले भने, ‘अहिले पनि सामाजिक सञ्जालमा कतिपय मानिसहरुले हाम्रा समर्थकहरुले गालि गरेको कुरालाई हामीलाई कटाक्ष गरेको कुरालाई मैले हेरे । हाम्रा समर्थकहरुले कसैलाई गालीगलोज गर्नुभएको रहेछ । त्यसको भार पनि हाम्रो टाउकोमा हालिएको छ । म क्षमा चाहन्छु हाम्रो कार्यकर्ता छैनन् र हुनेवाला पनि छैनन् । यो पार्टी कार्यकर्ता रहित पार्टी हो। केही सदस्य छन् सँगसँगै हिँड्छन् ।’
उनले रास्वपालाई माया गर्नेहरुलाई कसैलाई गालीगलोज नगर्ने आग्रह गरे ।
‘कुनै पनि समर्थकले देश विदेशबाट गरिएको रहेछ भने त्यो हाम्रो निर्देशनले होइन। रास्वपालाई माया गर्नुहुन्छ भने कसैलाई गालीगलोज नगर्नुहोला । त्यसको दोष हाम्रो टाउकोमा पर्न आउँछ । जसले गरेका छन् मैलले हात जोडेर माफी मागे । क्षमा गरिदिनुहोला। हाम्रो तर्फबाट भएको होइन’ उनले भने ।