गगन थापाले भने- बाहिर रुख भनेर भित्र दाँयाबाँया गर्न मिल्दैन, भगवानले देख्छन्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाहिर रुखरुख भनेर भित्रभित्र दाँयाबाँया गर्ने छुट नभएको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीको बिषयमा पार्टीमै भएपछि चुनावको बेलामा एकजुट हुनुपर्ने बताए ।
उनले भने, ‘म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मलाई विश्वास छ तपाईहरु पनि धार्मिक हुनुहुन्छ । खुलेर लाग्नुभएको छ भने तपाईंहरुको निर्णय हो । तर, बाहिर बाहिर गर्छु भित्र भित्र गर्दिनँ भन्न मिल्दैन । मनमा जसको हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ । बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ ।’
राजनीति दलको कार्यकर्ता भइसकेपछि पार्टीको कुरा पार्टीमा छलफल र बहस गर्नुपर्ने बताए ।
उनले भने, ‘चुनावमा आइसकेपछि तलमाथि गर्न मिल्दैन । सिंगो पार्टी नै बदल्नुछ । कांग्रेसलाई नयाँ बनाएर छाड्ने हो । पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान् । यथोचित समयमा बसेर छलफल गरौंला ।’
भित्र चाहिँ रुख भन्ने अनि बाहिर चाहिँ दाँयाबाँया गर्न मिल्छ भन्न खोज्नु भाको हो गगन जी, हैन भने खाटी काँग्रेशलाइ अनेक बहानामा किन चुनाबमा अर्को पार्टीको चिन्हमा छाप लगाउन बाध्य पार्नु हुन्छ, कि अर्काको बुई नचढी काँग्रेश चुनाबमा जित्न नसक्ने भाको हो जनता जान्न चाहन्छन .