आमा बन्न लागेको इलियानाको घोषणा, बच्चाको बाबु को ?
काठमाडौं । बलिउड सुन्दरी इलियाना डिक्रुज आमा बन्ने भएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी हुन् ।
आफ्नो इन्स्टाग्राममा दुई तस्बिर सार्वजनिक गर्दै इलियानाले स्टाट्स लेखेकी छन् । ‘एन्ड सो द एडभेन्चर बिगिन्स्’ छापिएको बेबी टिर्सट र ‘ममा’ लेखिएको पेन्डेन्टको तस्बिरसँगै उनले लेखेकी छन्, ‘छिट्टै आउँदैछ । तिमीलाई भेट्न म आतुर छु मेरो डार्लिङ ।’
सार्वजनिक पोष्टमा इलियानाकी आमा समिरा डिक्रुजले पनि कमेन्ट्स गरेकी छन् । उनले हार्ट ईमोजीसहित लेखेकी छन्, ‘यो विश्वमा तिमीलाई स्वागत छ मेरो नयाँ ग्रान्ड बेबी । तिमीलाई हेर्न प्रतीक्षा गर्न सक्दिन ।’
इलियानाले सार्वजनिक गरेको खवरबाट दर्शक जति खुशी छन, त्यति नै चकित पनि । खुसी यस कारण की उनी आमा बन्दैछिन् । चकित– उनले अहिलेसम्म विवाह गरेको खुलासा गरेकी छैनन् । विवाह गरेको खुलासा नै नगरी उनले आमा बनेको समाचार साँझा गरेकी हुन् । आफू आमा बन्ने कुरा सार्वजनिक गरेतापनि उक्त बच्चाको बुबा को हो भन्नेबारे भने उनले अहिले पनि खुलाएकी छैनन् । फ्यानहरुले उनलाई उनको बच्चाको बुवाबारे पनि कमेन्ट्समा प्रश्न गरिरहेका छन् । दर्शकका निम्ति उनको बच्चाको बुवा एक रहस्य बनेको छ ।
केही समय अघिसम्म इलियाना कट्रिनाका भाइ सेबास्टियन लरेन्ट मिशेलसँग डेट गरिरहेको हल्ला चलेको थियो । यी दुवैलाई विक्की र क्याट्रिनाको आउटिङका केही तस्बिरहरूमा पनि देखिएको थियो ।
इलियाना हालसालै गोल्डकार्ट्ज, बादशाहकोले गाएको ‘सब गजब’ बोलको म्युजिक भिडियोमा फिचर्ड छन् । उनी अहिले यसै गीतको प्रोमोसनमा व्यस्त छिन् । यसअघि उनी गत वर्ष रिलिज भएको क्वारानको ‘ओ ओ’ बोलको म्युजिक भिडियोमा देखिएकी थिइन् । उनको अन्तिम फिल्म ‘द रेड बुल’ हो । जसमा उनलाई अभिषेक बच्चनले साथ दिएका थिए ।
उनले आफ्नो आगामी फिल्म ‘अनफेयर एन्ड लभली’ को छायांकन पूरा गरेकी छन् । बलविन्दर सिंह जञ्जुआले निर्देशन गरेको यो चलचित्रमा रणदीप हुड्डा र करण कुन्द्राको पनि अभिनय रहेको छ ।