मनाङको लगातार तेस्रो हार, आर्मी चौथोमा उक्लियो
काठमाडौं । सुदील राईको निर्णायक गोलमा त्रिभुवन आर्मी क्लबले जारि सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलको नतिजामा पराजित गर्दै चौथो स्थानमा उक्लिएको छ । लिगमा उत्कृष्ट सुरुआत गरेको मनाङको यो लगातार तेस्रो हार हो ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न दोस्रो खेलको ७५औं मिनेटमा सुदिलले गरेको गोल आर्मीको जितलाई पर्याप्त बन्यो । जगजित श्रेष्ठले दाँया फ्ल्याङकबाट हानेको फ्रिकिकमा मनाङका जिवन गुरुङले क्लियर गर्न नसकेको बललाई सुदिलले पोष्टको दिशा दिएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले अधिकांश समय बल आफ्नो पक्षमा राखेको थियो । निर्धारित समयसम्म पनि पाएका थुपै्र अवसर सदुपयोग गर्न नसक्दा मनाङले लगातार तेस्रो हार बेहोर्यो ।
जितसँगै आर्मी १० खेलमा ४ जित, समान ३ बाराबरी र हारको नतिजासहित १५ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित मनाङ १० खेलमा ४ जित तीन बराबरी र तीन हारको नतिजासहित छैठौं स्थानमा झरेको छ ।
आजै सम्पन्न पहिलो खेलमा न्यूरोड टिम(एनआरटी) ले नवप्रवेशी एफसी खुमलटारलाई ३–१ गोलको नतिजामा पराजित गर्दै रेलिगेशन जोन बाट १०औं स्थानमा उक्लिएको छ ।