बेनेलीको ‘ग्रेब दि डिल’ ‘नयाँ सफर धमाकेदार अफर’ सार्वजनिक – Nepal Press

बेनेलीको ‘ग्रेब दि डिल’ ‘नयाँ सफर धमाकेदार अफर’ सार्वजनिक

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङले नयाँ वर्षको अवसरमा ‘नयाँ सफर दमदार अफर’ सार्वजनिक गरेको छ ।

नयाँ अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेगरी ग्राहकले ६० हजार सम्म छुट तथा आकर्षक उपहार प्रप्त गर्नसक्ने जनाइएको छ ।

अफर अन्तर्गत ३५ हजार नगद छुट, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट र एफवाई २०८०÷८१ को सडक कर सहुलियत प्रदान गरिएको कम्पनीले बताएको छ ।

सन् १९११ मा स्थापित इटालियन दुई पाङग्रे सवारीसाधन बेनेली बलियो र स्पोर्टस् मोटरसाइकल उत्पादन गर्ने एउटा लोकप्रिय ब्राण्ड हो । बेनेलीका चालकले सर्वोत्कृष्ट उत्पादनका साथै सन्तुष्टिको भावनात्मक नाता पनि स्थापित गरिरहेको कम्पनीको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर