एकदिनमै उजुरी छानबिनदेखि बढुवासम्म, एसएसपीबाटै अवकाश हुनबाट जोगिए खनाल
नेपाल प्रेस
२०८० वैशाख ६ गते २१:४३
काठमाडौं । गृहमन्त्री नाराणकाजी श्रेष्ठले बुधबार नेपाल प्रहरीका १३ वरिष्ठ उपरिक्षक-एसएसपीलाई नायब महानिरिक्षक-डीआईजीमा बढुवा गरेका छन् ।
उजुरी गर्ने म्याद सकिएको भोलीपल्टै सिफारिस भएका १३ जना एसएसपी डीआईजीमा बढुवा भएका हुन् ।
बढुवा सिफारिसविरुद्ध उजुरी परेपनि उजुरी सुन्ने लोक सेवा आयोगले एक दिनमै छिनोफानो गरेपछि सोही दिनै गृहमन्त्री श्रेष्ठले बढुवा गरेका हुन् ।
बुधबार बढुवा नभएको भए विकाशराज खनाल मध्यरातदेखि अवकाशमा जाने थिए । एसएसपीको ५५ वर्षे उमेर हदका कारण उनी अवकाशमा जाँदै थिए ।
तर उजुरी सुन्ने समितिले फास्ट ट्रयाकमा निर्णय गरेपछि उनी पनि डीआईजी बनेका छन् ।
प्रतिक्रिया
One thought on “एकदिनमै उजुरी छानबिनदेखि बढुवासम्म, एसएसपीबाटै अवकाश हुनबाट जोगिए खनाल”
Leave a Reply
सम्बन्धित खवर
पहुँच भनेको यस्तो पो !