आजको मौसम : केही पहाडी भेगमा वर्षा, तराईमा हावा-हुरीको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका र केही पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा भने हावा-हुरीको सम्भावना छ ।
अबको २४ घण्टा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का पानी पर्न सक्ने र तराईका केही ठाउँमा हावा-हुरीको सम्भावना रहेको भन्दै सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ ।