निश्चित दल र उम्मेदवारको पक्षपोषण गर्ने मिडियालाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण – Nepal Press

निश्चित दल र उम्मेदवारको पक्षपोषण गर्ने मिडियालाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । प्रेस काउन्सिल नेपालले उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपील गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले अनुगमनका क्रममा आचारसंहिताविपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा ‘…राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘…अग्रता’ जस्ता शीर्षकमा स्थलगत अध्ययनको दाबी सहितका कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुनेगरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो ।

विज्ञप्तिमा स्पष्टीकरण सोधिएका सञ्चारमाध्यमको नाम भने खुलाइएको छैन ।

काउन्सिलले सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ, मर्यादितरूपमा सम्पन्न गर्न सघाउन भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर