चैते धान खेती लोप हुने अवस्थामा – Nepal Press

चैते धान खेती लोप हुने अवस्थामा

तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् । ‘यो चैते धान रोपाइँ गर्ने समय हो, हालसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको छ’ उनले भने, ‘बर्षेनि चैते धान खेती हुने जमिन कम हुँदै गएको छ ।’

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । गाउँबाट युवाहरु विदेशिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको उनको बुझाइ छ । चैते धान प्रायः चिउराका लागि प्रयोग गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *